माधब नेपाल भन्छन् 'मधेसी मोर्चा र कम्युनिष्ट पार्टीसँग लड्न सेना तयार छ', निर्वाचन भएरै छाड्छ
- काठमाडौँ, ७ वैशाख ।
प्रधानमन्त्री र गृहमन्त्रीले निर्वाचनका बारेमा कुनै आशङ्का नगर्न र निर्वाचन नभए मुलुक ठूलो दुर्घटना बताइरहेको भन्दै नेपालले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको बताएका छन् ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पिपिएलए) ले आयोजना गरेको स्थानीय तहको संरचना र निर्वाचन सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै नेपालले निर्वाचन हुनेमा आफु आशावादी भएको बताएका हुन् ।
बैठकमा मधेसी मोर्चा निर्वाचनमा सहभागिता जनाउँछन् भने बजेटपछि पनि निर्वाचन गर्न सकिने कुरा चलेको बताउँदै उहाँले भन्नुभयो, “वैशाख ३१ गते नै निर्वाचन हुन्छ । प्रदेश १ र २ मा पछि गरौँला भन्ने कुरा बेग्लै हो ।”
उनले नेत्रविक्रम चन्दको कम्युनिष्ट पार्टी र मधेसी मोर्चाबाट निर्वाचनमा धम्की आउनसक्ने भन्दै त्यस चुनौतीलाई सामना गर्न सुरक्षाकर्मी तयार रहेको धारणा राखेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...