जनयुद्ध लडेका इमान्दार नेता कार्यकर्ताद्वारा माओवादी केन्द्रभित्र बिद्रोह !

  • काठमाडौं, १५ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा अन्यायपूर्ण तरिकाले स्थानीय चुनावको उम्मेदवारी दिन क्रम नरोकिएपछि सल्यानमा विद्रोह भएको छ ।

मानबहादुर ओली, हरिलाल डाँगी, टिकाराम अाेली, टंकप्रसाद शर्मासहित एक दर्जन केन्द्रीय सदस्यसहित २४ जिल्ला सदस्यहरुले विद्रोह गरेका छन् । पार्टीमा विद्रोह गरेपछि उनीहरुले केही समयपछि नै पत्रकार सम्मेलनको तयारी गरिरहेको व्रिदोही एक नेताले बताए ।

पार्टीलाई अराजक तरिकाले संचालन गरेको र जनयुद्ध लडेका र इमान्दार नेता कार्यकर्तालाई बेवास्ता गर्दै ठेकेदार र गुण्डालाई स्थानीय चुनावमा उम्मेदवारी दिएपछि विद्रोह गरेका हुन् ।

विद्रोही उनीहरुले माकेबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टीको नाम समेत जुराइसकेका छन् । ती सदस्यका अनुसार नयाँ पार्टीको नाम माओवादी केन्द्र (विद्रोही) राखिएको छ । उनीहरुले विद्रोहपछि चुनाव बहिस्कारमा जान सक्नेबारे रणनीति समेत बनाउन शुरु भएको बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...