पूर्व लडाकु सर्बिनले 'तिम्रा राता गाला 'ठिक छैन है चाला' भनेपछि पार्वती फुरुङ्ग नाचिन (भिडियोसहित)


  • काठमाडौँ १५ बैशाख ।
लोक गायक सर्बिन बोगटीको नयाँ लोक गीत तिम्रो रातो गाला बजारमा आएको छ । माओवादी पूर्व लडाकु समेत रहेका बोगटीले जनवादी कला क्षेत्रबाट फड्को मार्दै ब्यबसायिक संगीत क्षेत्रमा हात हालेका छन् ।

  • जन्म दिने जन्म भुमि आमा छोडी आए
  • अभाबको जिन्दगी फेर्न म परदेशी भए 
स्वर्णिम शाहीको सब्द रचनामा रहेको देउडा ठाडो भाकाबाट ब्यबसायिक गायनमा प्रवेश गरेका बोगटीले हालसम्म २ दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

माओवादी आन्दोलनले जन्माएको एक जनवादी गायक लडाकु फौज हुदैं पुन; कलाकारिता क्षेत्रमा आएपछि पछिल्लो पटक युवा पुस्ताहरु माझ फरक प्रकारको गायकको पहिचान बनाउन सफल भएका छन् ।

देउडा, लोक, पुर्बेली र आधुनिक गीतमा समेत स्वर दिइसकेका गायक बोगटीले हालै बजारमा ल्याएको लोक गीतमा युवा पुस्तामा देखिने मायाँ प्रेमलाई दर्शाउन खोजिएको छ ।

नेपाली लोक संगीतमा छाडापन भित्रियो भनेर आलोचना भइरहेको बेला यस प्रकारको मौलिख गीत संगीतले नेपाली कला संगीत क्षेत्रको संरक्षण गर्न मदत गर्ने गायक बोगटीको भनाइ छ ।

समयले पर्खिन्न कहिलै नै जे गर्नु छ गर अहिले नै तिर्मो रातो गाला धेरै फुर फुर नगर बैश त्यसै जाला भन्ने भाव व्यक्त भएको गीतले बजार लिने आशा बोगटीले गरेका छन् ।

पूर्णकला बिसी र सर्बिन बोगटीको स्वरमा रहेको यो गीतमा सब्द संगीत सुरत बिस्टको रहेको छ । बीबी अनुरागिले एरेन्ज गरेको गीतको भिडियोमा मोडल पार्वती राइ र संकर बिसीले अभिनय गरेका छन् । आर एन सी म्यूजिक प्रालि.द्वारा मिर्मित यो गीत म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...