‘भ्यु टावर’बाट मुसहर बस्ति हेर्दै धुर्मुसले भने - सपना पूरा भयो

  • दिया चन्द ।

कलाकार तथा समाजसेवी सिताराम कट्टेल 'धुर्मुस' ले ३० फिट अग्लो ‘भ्यु टावर’बाट आफुले बनाएको एकीकृत नमुनाबस्ति हेरेपछि भने 'पूरा भयो सपना ।'

गत पुसमा महोत्तरीको बर्दिवासस्थित मुसहर नमुना बस्ती निर्माणका लागि पुगेका धुर्मुसले ३ महिना लगाएर आफैले निर्माण गरेको एकीकृत नमुना बस्ती हेरे धुर्मुस सामाजिक संजाल फेसबुकमा आफ्नो सपना पूरा भएको खुसियाली बाडेका हुन् ।

धुर्मुस– सुन्तली फाउण्डेसनले बर्दिवास २ मा निर्माण गरेका ५३ वटा घर, एक सामाुदायीक भवन, चिल्ड्रेन पार्क र भ्युटावरसहितको एकीकृत नमुना बस्तीको एक भव्य कार्यक्रमकाबीच १ गते अर्थात् आज  हस्तान्तरण गरिएको छ ।  ।


सरकारका मुख्यसचिव सोमलाल सुवेदीले बस्तीको चावी बर्दिवास नगरपालिकाका दिलसु सदालाई हस्तानतरण गरेका हुन् । कार्यक्रममा महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति भएका थिए ।

फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता मन्दिर निर्माणपछि हस्तानतरण गरिएको हो ।


फाउन्डेशनका अनुसार एउटा घर बनाउन करिब ८ लाख खर्च भएको छ । स्वदेश तथा विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।  

बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ ।

यसैबीच प्राप्त सहयोगमध्ये ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेकाे धुर्मुसले इमान्दार मिडियालार्इ बताए । '९५ दिन लगाएर बनाइएको एकीकृत नुमुना बस्ती निर्माणमा ६ करोड ३३ लाख खर्च भयो, त्यसमध्ये ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।' उनले भने ।

यसअघि काभ्रेको पहरी बस्तीमा २० घर र सिन्धुपाल्चोकको गिरानचौरमा ६६ घर निर्माण गरी हस्तान्तरण गरेको फाउन्डेसनले बर्दिवासमा ५३ घर बनाएको हो । 

एक वर्षअघि सरकारको सरसफाइ दूतका रूपमा बर्दिबास पुगेका कट्टेल दम्पत्तिले त्यहाँको मुसहरको दूरावस्था देखेपछि बस्तीको मुहार फेर्ने अठोट लिएका थिए । उक्त अठाेट अाज पूरा भएपछि उनीहरू खुशी भएका छन् ।




२०७३ वैशाख १ मा प्रकाशित । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...