अर्याललाई आईजीपी बनाउने सरकारको निर्णयबिरुद्ध डीआइजी सिलवाल फेरि सर्वोच्च पुगे

  • काठमाडौं, २९ चैत । 

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको निर्णय बदरको माग गर्दै डीआइजी नवराज सिलवाल फेरि सर्वोच्च अदालत पुगेका छन् ।

डिआइजी अर्याललाई आइजीपीमा गरिएको नियुक्तिको बदर र यसअघि सर्वोच्च अदालतले वरिष्ठताका आधारमा नियुक्ति गर्न दिएको आदेशको कार्यान्वयन माग गर्दै सिलवालले मंगलवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादनको फाइल खोलेर डीआईजी अर्याललाई आइजीपी नियुक्त गर्दै राति नै दर्ज्यानी चिन्ह प्रदान गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...