नयाँ शक्तिका १४ जना नेता कार्यकर्ता अर्घाखाँचीबाट पक्राउ



काठमाडाैं, २१ चैत्र ।

डा बाबुराम भट्टरार्इ नेतृत्वकाे नयाँ शक्ति पार्टीका १४ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन कार्यलयमा दर्ता भएको दललाई चुनाव चिन्ह प्रदान गर्नु पर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीमा धर्ना दिन पुगेका नयाँ शक्तिका केन्द्रीय सदस्य यमुना भुषाल, जिल्ला अध्यक्ष रामबहादुर बिक र टोपबहादुर बलाल लगायतकालार्इ साेमबार प्रहरीले पक्राउ गरेकाे हाे ।

नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ताले कार्यलयको काममा अवरोध गरेपछि १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएकाे छ।

,

प्रतिकृया दिनुहोस्

Loading...