प्रधान न्यायधिशमाथिको महाभियोग र गृहमन्त्रीको राजिनामापछि वैद्यले दिए यस्तो गम्भीर प्रतिक्रिया (अडियोसहित)

  • काठमाडौँ १८ बैशाख ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य 'किरणले' पछिल्लो समय बिकशित भएको नेपालको राजनीतिक घटनाक्रम प्रति गम्भीर धारणा व्यक्त गरेका छन् ।

सरकारले सर्बोच्च अदालतकी प्रधान न्यायधिश शुसिला कार्कीमाथि  महाभियोग लगाएकै दिन गृहमन्त्री बिमलेन्द्र निधिले राजिनामा दिएपछि वैद्यले संसदीय व्यवस्थाकै असफलताको संकेत देखिएको धारणा व्यक्त गरेका छन् ।

इमान्दार मिडियासँग कुरा गर्दै उनले एकातिर सत्तापक्ष र प्रमुख प्रतिपक्ष बिचको अन्तरविरोध अर्कोतिर सरकारमै बस्ने दलहरुबिचको अन्तरविरोधका र बिदेशी शक्तिहरूको चलखेल पनि बढ्दै गइराखेका कारण यो व्यवस्थाकै असफलताको संकेत देखिएको बताएका हुन् ।

शुसिला कार्कीले जनयुद्दकालिन मुद्दा भटाभट व्युँताउन थालेपछि प्रचण्ड सरकारले महाभियोग लगाएको होकी ? भन्ने हाम्रो प्रश्नमा वैद्यले प्रचण्डहरुले अरुलाई दोष लगाउनुको साटो आफुले सरकार चलाउने र कानुन बनाउने ठाउँमा हुँदा जनयुद्दकालिन मुद्दा खारेज गर्नुपर्ने बताएका छन् ।

सत्यनिरुपण र बेपत्ता आयोगका कर्मचारीले सरकारले कानुन नै नबनाएको हुनाले काम अगाडी बढ्न नसकेको गुनासो अाफुसँग गरेकाे उनकाे दाबी छ ।

अध्यक्ष वैद्यले सत्ता पक्ष र प्रतिपक्षकाबीचकाे तिक्तताका कारण प्रचण्डहरु असफल हुन् लागेको र देशमा गम्भीर राजनीतिक संकट पैदा हुदै गइरहेको बताए ।

देशमा तत्काल सैनिक शासन लाग्ने सम्भावना बारे हामीले गरेको प्रश्नमा उनले देशको राजनीतिक घटनाक्रम त्यसतर्फ विकाश भइरहेको भने स्विकार गरे।

यदि सैनिक शासन लागु हुँदा प्रचण्ड, विप्वलहरुसँग तपाइहरुले सहकार्य गरेर संघर्षमा जाने सम्भावना कती छ ? भन्ने प्रश्नमा उनले प्रचण्डलाइ पनि बिस्वास गर्न सक्ने बाताबरण नभएकोले सम्भावना तत्काल नरहेको बताए।

'प्रचण्डलाई कसले क्रान्तिकारी भनेको छ र ? के को संघर्ष गर्ने उहाहरुले ? प्रचण्ड क्रान्तिकारी हो भनेर अब कसैले पनि बिस्वास गर्न सक्दैन उहाँहरु आन्दोलन् गर्नुहोला यसो गर्नुहोला उसो गर्नुहोला भन्ने अब इतिहासको कुरा भइसक्यो ।' अध्यक्ष वैद्यले इमान्दार मिडियासँग भने ।

गृहमन्त्रीको राजीनामाको प्रसंग कोट्याउदै उनले सरकारमै बसेर आफ्ना पाटनरलाइ समेत चित्त बुझाउन नसक्ने प्रचण्डले क्रान्तिकारीहरुसँग मिलेर जनताको पक्षमा आन्दोलन गर्न आउने कुनै आधार नभएको बताएका छन् ।

प्रचण्डहरुसँगकाे सहकार्यबारे कल्पना पनि नगरेको बताउदै उनले आफुहरु यो बिकशित परिस्थितिको गम्भीर समिक्षा गर्दै रुपान्तरणको दिशातिर अगाडी बढ्ने योजना बनाएर जाने बताए ।

सुन्नुहोस् क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यसँग गरिएको अनौपचारिक कुराकानीको अंस

, ,

प्रतिकृया दिनुहोस्

Loading...