स्थानिय चुनाव जाने उमेद्वारहरुलाई नेपाल कम्युनिष्ट पार्टीको यस्तो चेतावनीपूर्ण पत्र…(पत्रसहित)

  • म्याग्दी,१९ बैसाख ।

एकिकृत जनक्रान्ति अभियानमा लागेको नेपाल कम्युनिष्ट पार्टीले देशैभरका स्थानिय निर्वाचनमा जाने उमेद्वारलाई पत्र काट्दै अपिल गरेको छ ।

पार्टीले बर्तमान सत्ता दलाल सम्सदिय सत्ता हो र बर्तमान सरकार दलाल सम्सदिय सरकार हो भन्दै । यो सत्ता र सरकार जन्युद्द र जनआन्दोलानको मर्म र उद्देश्य बिपरित छ । त्यसकारण तपाईहरु यो चुनावमा सहभागी नहुनु होला भन्दै पत्र लखेको छ ।

हेरौं यस्तो छ पत्र जस्ताको तेस्तै

नेपाल कम्युनिस्ट पार्टी धवलागिरि ब्युरो

हाम्रो धारणा छ कि बर्तमान सत्ता दलाल सम्सदिय सत्ता हो र बर्तमान सरकार दलाल सम्सदिय सरकार हो । किनकी यो सत्ता र सरकार जन्युद्द र जनआन्दोलानको मर्म र उद्देश्य बिपरित छ। यो सरकारले राष्ट्रघातलाइ बढवा दिएको छ।मूल्य वृद्धि र बेरोजगारीको कारण आधारभुत जनताको दैनिक जीवन झन कस्टकर बनी रहेको छ।

भ्रष्टाचार , तस्करी, कालाबजारि र कर छल्ने अपराधीहरुको संरक्षण गर्नु सरकारको दैनिकी *बन्न गएको छ। यसअर्थमा बर्तमान सरकार राष्ट्रघाती र जनघाती मात्र नभै जनयुद्द र जनआन्दोलनको उद्देस्य र मर्मको ठिक उल्टो तिर गैरहेको छ। यो “गणतन्त्र ” भन्ने शब्दको
उपहास मात्र हो।

कथित स्थानिय तहको चुनाव तिनै काला कर्तुत छोप्ने कुत्सित मनसायद्वारा अघि सारिएको एउटा नाटक मात्र हो। यो चुनावले केन्द्रिय दलाल सरकारको स्थानीय दलालहरु जन्माउने र तिनलाई भ्रष्टाचार गर्ने लाइसेन्स प्रदान मात्र गर्ने छ।त्यसकारण स्थानीय दलाल र भ्रष्टाचारिहरु जन्माउने कथित चुनावलाइ खारेज गर्न आम राष्ट्रबादी तथा जनबादी शक्ति लागायत आम जनसमुदायमा हाम्रो पार्टी अपिल गर्दछ।

धवलागिरीमा पनि सबै जनसमुदायलाई यो दलाल सत्ताको कथित चुनावको खारेजिको लागि हाम्रो पार्टी धवलागिरी ब्युरो अपिल गर्दछ। यसको बिकल्पमा स्थानिय रुपमा जनताको जनसत्ता निर्माण गर्दै सान्ती , समान्ता,स्वाधीनता र समृद्धि को लागि बैज्ञानिक समाजबाद स्थापना गर्न एकीकृत जनक्रान्तिको बाटोमा अघि बढन पनि हाम्रो पार्टी हार्दिक अपिल गर्दछ।
मिति : २०७४ बैसाख १८

,

प्रतिकृया दिनुहोस्

Loading...