राष्ट्रपति भण्डारीलाई मुखर्जी र मोदीले सयुक्तरुपमा गरे सवागत
- नयाँदिल्ली ५ बैशाख ।
भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।
राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल वाग्लेले जनाएका छन् ।
राष्ट्रपति भण्डारीलाई पहिला राष्ट्रपति मुखर्जी र त्यसपछि प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । राष्ट्रपति भण्डारीको औपचारिक भेटघाट कार्यक्रम मंगलबारनै सकिनेछ ।
स्वागत ग्रहण पछि राष्ट्रपति भण्डारीले विहान साढे ९ बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गने, सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले र अपरान्ह पौने ४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन्।
प्रतिकृया दिनुहोस्
Loading...