कञ्चनपुरमा कम्युनिष्ट पार्टीको कार्यक्रम यसरी बिथोलियो, मञ्च नै प्रहरीको कब्जामा (फोटो फिचरसहित)


  • कञ्चनपुर ५ बैशाख ।
विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले कञ्चनपुरमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा प्रहरीले अबरोध गरेको छ ।

कम्युनिष्ट पार्टीले आयोजना गरेको सभालाई बिथाल्ने उद्देश्यले प्रहरीले हस्तक्षेप गरेको कार्यक्रम स्थलबाट सम्पादक दिया चन्दले जानकारी दिएकी छन् ।

चन्दका अनुसार दिउसो १ बजे सुरु हुने भनिएको सभा प्रहरी हस्तक्षेपका कारण दिउसो ३ बजेपछि मात्र सुरु भएको छ।

कम्युनिष्ट पार्टी कञ्चनपुरले दिएको जानकारी अनुसार महेन्द्रनगरका विभिन्न चोकाबाट जुलुशहरु निस्किरहेका छन् ।

जुलुशले नगरको परिक्रमा गरी भीमदत्त स्मारकमा आएर सभामा परिणत हुने कार्यक्रम थियो । प्रहरीले मञ्च नै कब्जामा लिएर अबरोध गरेपछि ठाउँसारी गरि सभा गर्ने तयारी भैरहेको छ ।

करिब ३ हजार जनता सहभागि रहेको उक्त कार्यक्रममा सिडिओको आदेश भन्दै प्रहरीले बल प्रयोग गरेर कार्यक्रम रोक्ने सड्यन्त्र गरेको कम्युनिष्ट पार्टीले जनाएको छ।

यता कञ्चनपुर प्रहरीले इमान्दार मिडियासँग कुरा गर्दै देशभरी कम्युनिष्ट पार्टीलाई कार्यक्रम गर्न नदिने गृहमन्त्रीको आदेश आएकोले कार्यक्रम बिथोलेको बताएको छ ।

कञ्चनपुरका एसपी प्रकाश चन्दले सिडिओ सापको आदेशमा सशत्र प्रहरी जनपद प्रहरी परिचालन गरी कार्यक्रम बिथोलिएको जानकारी दिएका छन् ।

कञ्चनपुरको सभामा कम्युनिष्ट पार्टीका प्रबक्ता तथा स्थायी समिति सदस्य खडक बहादुर विश्वकर्मा प्रकाण्ड, पोलिटब्युरो सदस्य उमा भुजेल केन्द्रीय सदस्य डीडी पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रहरीले यसरी कब्जामा लिएको छ कार्यक्रम स्थल हेर्नुहोस् तस्बिरहरु




हेर्नुहोस भिडियोमा यसरी हस्तक्षेप गर्यो प्रहरीले

, ,

प्रतिकृया दिनुहोस्

Loading...