सरकारको यस्तो अच्चमको निर्णय, काठमाडौंमा डेरावालले भाडा घरबेटीलाई हैन सरकारलाई तिर्नुपर्ने !


  • काठमाडौं १५ बैशाख। 
एउटा-एउटा नयाँ काम गरेर चर्चामा आएको प्रचण्ड सरकारले अर्को रोचक नयाँ निर्णय गर्ने खबर आएको छ ।सरकारले उपत्यमा डेरावालालाई सहुलियत हुनेगरी वैज्ञानिक घरभाडा कायम गर्ने भएको छ ।

उपत्यकाका घरबेटीले सरकारलाई घरबहाल कर नतिरेपछि सरकार आफैले डेरावाल सबैसंग भाडा असुलेर कर काट्दै घरवेटीलाई भाडा हस्तान्तरण गर्नेछ ।

श्रोतका यसबारे सरकारले नीतिगत निर्णय गरीसकेको र आगामी आर्थिक वर्षको बजेट भाषणमा घोषणा गर्ने तयारी गरिरहेको छ । सरकारको योजना कार्यान्वयनमा आयो भने अब डेरावालले प्रत्येक महिना सरकारी खातामा घरभाडा जम्मा गर्नुपर्ने छ । 

सो घरभाडाबाट सरकारले १० प्रतिशत कर काटेर सम्वन्धित घरधनीको खातामा जम्मा गरिदिनेछ । यसका लागि अहिले कार्यविधि बनिरहेको स्रोतले बताएको छ ।

अर्थमन्त्रालयमा केही दिनयता भइरहेको बजेट छलफलका क्रममा यो विषयले प्राथमिकता पाएको थियो । स्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादर महराले यसमा निकै चासो दिएका छन् ।

‘बाहिरका केही देशमा यस्तो अभ्यास छ, यसो गर्दा सरकारलाई कति घर भाडामा गएका छन् भनेर यकिन तथ्यांक राख्न पनि सजिलो हुन्छ भने घर बहाल कर छल्ने सम्भावनाको पनि अन्त्य हुनेछ,’ स्रोतले भन्यो । 

यो व्यवस्थापछि डेरा खोज्नेलाई पनि कहाँ खाली छ भनेर थाहा पाउन सजिलो हुने श्रोतको दाबी छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...