आफ्नो पशलमा रक्सी नखाईदिएको रिसमा गोरु काटेको मुद्दा, जेल परेका ५ मजदूर ७ महिनापछि रिहा


काठमाडौँ २८ चैत । 

झुट्टा मुद्दा लगाएर जेल परेका ५ जना मजदुर रिहा भएका छन्। गोरु काटेर खाएको झुट्टा अारोमा जेल परेका ५ जना मजदूर सात महिना १३ दिनपछि रिहा भएका छन् । 

झुठो किटानीका कारण थानकोट नजिकै भोला गणेश इट्टा उद्योगमा काम गर्दै आएका ५ मजदुरले काठमाडौँ जिल्ला अदालतबाट न्याय पाएपछि रिहा भएका हुन् । 

इटाभट्टा मजदूरहरु अाफ्नो पसलमा खाजा खान नअाएको रिसले पसले कुमार रुम्बालेले २०७३ भदौ १३ गते थानकोट प्रहरी वृतमा बिमल मगर, कुमार लामा, मिलन माझी, रामु बिक र महिला मजदुर धनमती पुनमगरबिरुद्ध गोरु काटेको किटानी जाहेरी दिएका थिए । 

प्रहरीले पनि उक्त किटानीलाई आधार बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गोरु काटेको अभोयोग लागेका पाँचै जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । 

इटाभट्टामा दैनिक ज्यालादारीमा काम गर्ने पाँचै मजदुर परिवारमा न्यायको लागि लाग्ने खर्चको लागि १३ बर्षिय छोरी सपना पुन मगर ५ कक्ष्या पढाई छोडेर बाल श्रमिक हुन बाध्य हुनु परेको हिरासतबाट छुटेपछि धनमती पुन मगरले बताइन । 

दैनिक श्रम गरेर जीविका चलाएका मजदूर परिवारको विचल्ली भएको थियो । ‘सात महिनामा आफ्नो लोग्नेले मेहनत मजदुरीबाट कमाएको नगद-जिन्सी सबै सकियो, मानसिक यातना भयो, यसको जिम्मा कसले लिन्छ ?’ मिलन माझीकी पत्नी करुणाले भनिन । 

खाजा पसले रुम्बाले दुःख दिने नियतले मुद्दा हालेकाले अदालतमा समेत उपस्थित नभएको करुणाले बताइन् । बिना कारण सात महिना तेह्र दिन थुनामा रहेका मजदुरले आफुहरुलाई ठुलो अन्याय भन्दै राज्यको तर्फ़बात झुटो बिवरण पेश गरि किटानी दिने रुम्बालाइ सजाए दिलाई क्षतिपूर्तिको माग समेत गरेका छन् । 

घटना त्यतिकै सेलाएको थियो र घटनालाइ नेकपा निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको तीन महिने राष्ट्रको लागि युवा अभियानमा मजदुरसंग भलाकुसारी गर्दा थाहा भएको र पहल गरि सजिलो गरि छुट्नु भएको कुरा सुरेस सुवेदिले बताए।

प्रतिकृया दिनुहोस्

Loading...