अभियानमा अबरोध गर्न खोजेपछि बिद्यार्थी नेता अधिकारीले प्रहरीलाई दिए यस्तो कडा चुनौती


  • दिया चन्द ।
काठमाडौ,२८ चैत ।

अनेरास्ववियु (क्रान्तिकारी) नेता प्रकाश अधिकारीले नेपाल प्रहरीलाई दसगजामा गएर सिमाना मिचिरहेका भारतीय एसएसबिलाई लखेट्न चुनौती दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टीको जारी एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियान अन्तर्गत काठमाडौको थलिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

चुनाव खारेजीको अभियान लिएर आफ्नो पार्टी जनतामाझ जादा प्रहरी प्रशासनले अवरोध गर्न खोजेको भन्दै उनले चुनाव निस्तेज गर्ने या त्यसमा सहभागी हुने भन्ने अधिकार जनतालाई नै रहेको प्रष्ट पारे ।

यो परम्परागत संसदीय चुनावले जनताको हित गर्दैन, हामी चुनाव खारेजीको अभियान लिएर बस्ती बस्ती पसेका छौँ ।

'प्रचण्ड सरकारले घोषण गरेको चुनावले जनताको हित गर्दैन भनेर जनतालाई बुझाउन कार्यक्रम आयोजना गर्दा प्रहरीले अवरोध गर्न खोज्यो। हामी चुनौती दिन चाहान्छौ, नेपाली जनतालाई दमन गर्ने नेपाल प्रहरीले दसगजामा गएर भारतीय हस्तक्षेपविरुद्ध लडोस ।'

बर्तमान संसदीय व्यवस्थाले नेपाल र नेपालीको भविष्यमाथी खेलवाड गरेको भन्दै उनले बैशाख ३१ मा घोषणा गरिएको स्थानीय चुनाव खारेजी गर्नुपर्ने बताए ।

नेकपाले स्थानीय निर्वाचनविरुद्ध देशका ७५ वटै जिल्लाका गाउँ-गाउँ, टोल-टोलमा पुगेर चुनाव खारेजीको लागी अभियान चलाएको छ ।




, ,

प्रतिकृया दिनुहोस्

Loading...