गिरफ्तार कार्यकर्ता रिहाई नगरे कडा संघर्षमा उत्रिने कम्युनिष्ट पार्टीको चेतावनी


ललितपुर १३ बैशाख । 
सरकारले बिना कारण आफ्ना कार्यकर्ता गिरप्तार गरेको भन्दै कम्युनिष्ट पार्टी ललितपुरले गम्भीर आपत्ती जनाएको छ ।

ललितपुर प्रहरी प्रशासनले वैशाख ११ गते लगनखेलबाट राष्ट्रिय युवा जनस्वयंमसेवकका केन्द्रिय समिति सदस्य तथा जिल्ला अध्यक्ष सुरेश लामालाई गिरफ्तार गरेको भन्दै यस्तो आपत्ति जनाएको हो ।

गिरप्तार गरिएका आफ्ना कार्यकर्ताको तुरुन्त रिहाइ नगरिए कडा संघर्षमा उत्रिने कम्युनिष्ट पार्टी ललितपुरले जनाएको छ । 

पार्टीका ललितपुर जिल्ला सेक्रेटरी बिपिनाले एक बिज्ञप्ति जारी गर्दै यस्तो कडा चेतावनी दिएका छन्। विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले पछिल्लो चरण विभिन्न खालका दलालहरुमाथि कारबाही सुरु गरेपछि प्रहरी प्रसाशन धरपकडमा उत्रेको पार्टीको आरोप छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...