रेडियो स्टेसनमा अाक्रमण, ५० जनाको मृत्यु


  • काठमाडौं १३ वैशाख।
टर्कीको सेनाले विद्रोहीको रिडियो स्टेशनमा अाक्रमण गरेको छ । इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने कुर्दिसमा रहेको रेडियोको स्टेसनलाई लक्षित गरी आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिरियातर्फको हासाकाह प्रदेशमा पर्ने ग्रामीण क्षेत्रमा २२ जना मारिएको अधिकारीहरुले जनाएका छन् । इराकतर्फको सिन्जार क्षेत्रबाट २८ जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटले जनाएको छ ।

बेलायतमा रहेको अनुगमनकर्ताहरुको सो संस्थाले अरु २६ जना घाइते र बेपत्ता भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएको छ ।

कुर्दहरुसँगको टर्कीको सत्रुताका कारण कुर्द क्षेत्रमा हिंसात्मक घटना भइरहेको छ । टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको उत्तरी क्षेत्रमा पनि कुर्दहरुलाई उपस्थितिमा निकै कडाइ गरिएको छ ।

अमेरिकाले भने टर्कीको तर्फबाट भइरहेको सुरक्षा कारबाहीमा चासो व्यक्त गरेको छ । टर्कीले आतङ्कवादविरुद्धको गठबन्धनसँग कुनै सहकार्य नगरेको अमेरिकाको टिप्पणी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...