पुर्व जनमुक्तिसेना मुनाको मृगौला फेल, आर्थिक अभावले ज्यान जाने खतरा
पुर्व जनमुक्तिसेना नेत्रमाया कार्की 'मुना'को दुवै मृगौला फेल भएको छ । झापाको चकचकी ६ घर भएकी मुना दुवै मृगौला पिडित भएर थला परेकी दिलिप थापाले इमान्दार मिडियालाई जानकारी दिए ।
थापाका अनुसार मुना २०६१ सालबाट पूर्णकालीन भएर जनयुद्धमा जनमुक्तिसेनाको फर्मेशनमा कार्यरत थिइन् ।
पार्टी शान्तिप्रक्रियामा आएपछि व्यक्तिगत जिबन बेतित गरिरहेकी मुनाको दुवै मृगौला फेल भएको हो ।
थापाले भने 'हिजो देश र जनताको मुक्तिका निम्ती लडेकी मुना अहिले जिबन र मृतुको दोसादमा छटपटीदै मृगौला रोगसँग भयानक जिबन मरणको युद्द लडिरहेकी छन् । उनको जिबन बचाउन सबैले सहयोग गर्नुपर्छ ।'
झापाको निम्न मध्यम परिवारमा जन्मेकी मुनालाई अहिले उपचार गराउन निकै कठिन भइरहेको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि हाल डाइलासिस गराएर बसेकी उनलाई उनकी आमाले एउटा मृगौला दिने निर्णय
रेकी छन् । तर त्यसका लागी पुग्ने रकम छैन तसर्थ सबैसंग सहयोगको अपेक्षा गरेकी छन् ।
थापाले हामीलाई दिएको जानकारी अनुसार झापा भ्रदपुरको ओम साई अस्पताल पाथिभरामा उपचार गराइरहेकी मुनालाई मृगौला प्रत्यारोपण गर्न २० लाख लाग्ने डक्टरले जनाएका छन् ।
अहिलेसम्म कसैबाट सहयोग नपाएको मुनालाई सबैले सहयोग गरे उनको जीवन बचाउन सकिने भन्दै थापाले यो अभियानमा सबैलाई साथ दिएर सहयोग गर्न आग्रह गरेका छन् ।
मुनाको जिबन रक्षाका निम्ति उनको नाममा रहेको नेपाल बैंक झापा शाखाको खाता नम्बर ०८८०१००६३६६६०७०००००१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने छ ।
इन्छुक सहयोगीले मोबाइल नम्बर ९८२३११९००४, ९८१४९३८६०० मा सम्पर्क गरी यो अभियानमा साथ दिन मुनाको अनुरोध रहेको थापाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...