कञ्चनपुर पुगेर प्रकाण्डले भने राज्यको गतिविधिका कारण नेपालमा फेरी लडाइ हुने सम्भावना देखियो



कञ्चनपुर ६ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एबं पार्टीका स्थायी समिति सदस्य खडक बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले अहिलेको राज्यको तत्कालको गतिबिधिका कारण देशमा फेरी पनि युद्दको खतरा देखिएको बताएका छन् ।

कञ्चनपुरमा बुधबार एक पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले यस्तो बताएको हुन् । देशका साशकहरुका कारण नै सात सालदेखि ५२ सालसम्म निरन्तर देशले ठूलाठूला युद्द झेल्नु परेको बताउदै अहिलेको दलाल संसदीय व्यवस्थाका गतिबिधिका कारण पनि फेरी युद्दको खतरा बढेको बढाएका हुन् ।

मंगलबार आफ्नो पार्टीले आयोजना गरेको देश भरका सभामा प्रहरीले हस्तक्षेप गरेपछि उनले यस्तो बताएका हुन् । मंगलबार कञ्चनपुरसहित देशमा ४ ठाउँमा भएका सभाहरुमा प्रहरीले सभा स्थल नै कब्जामा लिएर कार्यक्रम बिथोलेको थियो ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...