कसले हान्यो गुण्डा दावा लामालाई गोली ?: यस्तो निस्कियो प्रहरीको निष्कर्ष


  • काठमाडौं ६ वैशाख ।
चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने खुल्न सकेको छैन ।

घटना लगत्तै लोप्साङ राइको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । 

प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन । आजको नागरिकमा खबर छ ।

घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हतियार चलाउन अनुभवी व्यक्ति घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...