मरिसकेको संसदीय व्यवस्थालाई चिहानबाट ब्युझाउँन खोजिए परिणाम गम्भीर हुन्छ - नेतृ शिलु (भिडियोसहित)


  • काठमाडौँ १२ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल 'शिलु'ले बर्तमान संसदीय व्यवस्था मरिसकेको भन्दै कृतिम स्वास दिएर त्यसलाई बचाउन खोजिएको बताएकी छिन् । 

स्थानीय चुनावको खारेजीको माग राख्दै एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रम जारी राखेको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार राजधानीमा विरोध प्रदर्शनपछि आयोजित सभामा बोल्दै नेतृ शिलुले यस्तो बताएकी हुन् । 

कृतिम स्वास हालेर बचाएको संसदीय व्यबस्थाले जनताको हित नगर्ने भन्दै शिलुले समाजमा झन् सोषण दमन र उत्पीडन बढ्ने बताएकी छन् ।

यहि ब्यबस्था फाल्न भनेर हजारौ शहिदको रगतको खोलो बगाएर आएका प्रचण्ड पनी दलाल व्यस्थाको मतियार बनेको भन्दै नेतृ भुजेलले पुरानो व्यबस्थालाई ब्युझाउँन खोजिए प्रचण्डले गम्भीर परिणाम भोग्नुपर्ने दिन आउने बताएकी छन् ।

सिंहदरबार गाउँ-गाउँमा हैन सिंहदरबारका दलालहरु पुग्ने छन् 

त्यस्तै सभालाई सम्बोधन गर्दै शिलुले प्रचण्डले गाउँ-गाउँमा सिंह दरबार पुग्ने चुनावी प्रचारको नारा बनाएको प्रति व्यंग्य गर्दै सिंह दरबार हैन सिंह दरबारका दलालहरु गाउँ-गाउँमा पुग्ने बताएकी छन् ।

पुरानो मरिसकेर ढलेको ब्यबस्थालाई टेको हालेर उभ्याउने प्रयत्न गरिएको भन्दै नेतृ शिलुले यस्तो टेको हालेर उभ्याइएको सरकारले जनताको हितमा काम गर्न नसक्ने भन्दै अब आफुहरुले उक्त टेकोलाई भत्काउने बताएकी छन् ।

न आत्तिनुस यो देशमा २ वटा ब्यबस्था चलिरहेको छ

सभालाई सम्बोधन गर्दै नेतृ शिलुले अब यो देशमा २ वटा सत्ता सञ्चालन हुने बताएकी छन् । उनले यो देशमा अब २ वटा   राजनीति २ वटा सत्ता सञ्चालनामा रहेकी छन् ।

उनले एकातिर संसदीय ब्यबस्था र अर्को तिर जनताको जनसत्ता चलिरहेको बताउंदै जनतालाई आफ्ना समस्या र मुद्दा मामेला मिलाउन जन अदालातामा आउन आग्रह गरिन् ।

स्थानीय चुनाव हैन अब जनसत्ताको चुनाव हुन्छ 

उनले संसदीय चुनावको हल्ला खल्ला गर्दै गाउँमा आउने संसदबादी दलालहरुलाई जनताले लखेटीदिने बताउंदै शिलुले आफुहरुले कुनै पनि हालतमा स्थानीय चुनाव हुन् नदिने बताएकी छन् ।

स्थानीय निर्वाचनलाई खारेज गरेर आफुहरुले जनताको सहभागितामा जनप्रतिनिधिहरु चयन गर्न जनसत्ताको चुनाव गर्ने बताएकी छन् ।

आफुहरुले गाउँ-गाउँमा जनसत्ता र आधार इलाका चलाइरहेको ठोकुवा गर्दै शिलुले अब काठमाडौँका जनताले पनि जनसत्ता चलाउने बताएकी छन् ।

देशभरी एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेज अभियान सञ्चालन गरिरहेको कम्युनिष्ट पार्टीले काठमाडौँको शान्ती बाटिकामा भब्य जुलुशपछि सभाको आयोजना गरेको थियो ।

हेर्नुहोस् भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...