गल्फ इनोभेसन ठगीधन्दा : विदेश गएकाहरु फर्केर मुद्दा हालेपछि खुल्यो यस्तो रहस्य

  • इमान्दार मिडिया संवाददाता ।
  • काठमाडौं ।

काठमाडौंको कुपण्डोलस्थित गल्फ इनोभेसन ग्रुप नेपाल प्राइभेट लिमिटेडले नेपालीलाई दुबई पठाउदै अलपत्र पार्दै ठगीधन्दा चलाउने गरेको खुलासा भएको छ । 

राम्रो काम र टन्न दाम दिलाईदिने भन्दै गाउँका साेझासाझा युवा युवतीहरूलार्इ बिदेश पुर्याउने, समयमा काम नदिएर दुइ तिन महिनासम्म अलपत्र अवस्थामा छोडेर बिचल्ली बनाउने गरेको रहस्य खुलेको हाे । 

कामका लागि युएई गएका कामदार अन्यायमा परेर नेपाल फर्की म्यान पावर बिरुद्ध मुद्दा दर्ता गरेपछि इनोभेसनको यस्तो ठगी धन्दा बाहिर आएको हो । 

गल्फ इनोभेसन प्रालि मार्फत दुवईमा रहेको क्लिनको क्लिनिङ सर्भिसेस तथा विल्डिङ मेन्टिनेन्स कम्पनीमा कामका लागी गएका नेपालीहरु ठगि धन्दाको प्रदाफास गर्न इमान्दार मिडियाको सम्पर्कमा आएका छन् । 

यूएइमा अलपत्र परेर नेपाल फर्किएका मध्ये ७ महिला र ५ जना पुरुष इमान्दार मिडियाको सम्पर्कमा आएर स बिस्तार बयान दिएका छन् । उनीहरुले हामीसंग पेश गरेका केही भिडियो र रेकर्डहरु सुरक्षित छन् ।

उनीहरुका अनुसार गल्फ इनोभेसन प्रालि मार्फत युएई गएर एग्रिमेन्ट गरे अनुसार पारिश्रमिक र काम नपाएर २३ जना कामदार नेपाल आइसकेका छन् । 

आफ्नो ठगी धन्दा बचाउन म्यानेजरमाथि हातपातको आरोप

आफ्नो ठगी धन्दाको फर्दाफास हुने डरले गल्फ इनोभेसन प्रालि मार्फत युएई गएका मजदुरहरुले कम्पनीका म्यानेजरलाई हातपात गरेको आरोप लगाइएको थियो । 

इमान्दार मिडियासँग कुरा गर्दै पिडीतहरुले भने हामीले सम्झौता अनुसारको तलब र सेवा सुबिधाको माग गर्दा हामीलाई उल्टै कम्पनीका म्यानेजरलाइ हातपात गरेको आरोप लगाएर पक्राउ गर्न खोजियो । 

उनीहरुका अनुसार कम्पनीका कर्मचारीहरुले पिडितहरुलाई गिरप्तार गर्न सादा पोशाकका प्रहरी बोलाएर एक एक अनुहार चिनाउने काम गरिएको थियो । ५/७ जनालाई गिरप्तार गर्न पनि खोजिएको थियो तर सबै नेपाली एकै ठाउँ जम्मा भएपछि प्रहरी पछि हटेको हो ।

झुक्क्याएर श्रम सम्झौता ८ भनेर १२ घण्टा श्रम शोषण

नेपालबाट गल्फ इनोभेसन प्रालिले खान बस्न सहित ८ घण्टा काम र ९ सय न्युनतम तलब भनेर पठाएको थियो । उता युएईमा पुगेपछि कम्पनीले १२ घण्टा काममा लगाएको मजदुरहरुले आरोप लगाएका छन् । 

मान्छेलाई भेडाबाख्रा जस्तो झुक्याएर बेच्न खोजेको पिडीतहरुको आरोप छ । उनीहरु भन्छन् 'हामीलाई त निकै झुक्यायो । तलब पनि सम्झौता अनुसार भएन काम पनि फरक पर्यो एउटा काम भनेर लग्यो अर्कैमा लगायो ।'

गल्फ इनोभेसन प्रालिले जुन कम्पनीमा पठायो उक्त कम्पनीले काम गरेको तलब पनि पूरै नदिएको पीडितहरुले गुनासो गरेका छन् । उक्त कम्पनीको विभिन्न शाखामा झण्डै एक हजार जना नेपाली कार्यरत रहेको बुझिएको छ । 

गल्फ इनोभेसन प्रालि बिरुद्ध १२ जनाले दिए सामुहिक मुद्दा

युएई पुगेर केही महिना अलपत्र परेर नेपाल फर्केका १२ जनाले म्यान पावर कम्पनि बिरुद्ध सामुहिक मुद्दा दर्ता गरेका छन् । 

आफुहरुलाई ठगिएको भन्दै म्यान पावर कम्पनिसंग आफ्नो रकम फिर्ता दिलाई पाउ भनि शुक्रबार काठमाडौँ बुद्धनगर स्थित बैदेशिक रोजगार विभागमा उनीहरुले सामुहिक मुद्दा दायर गरेका हुन् । 

मुद्दा दायर गर्नेहरुमा पदम मायां उवार मगर, लाल माया देवान, कल्पना वाइवा, अशोक माझी, पूजा पुन मगर, दिल माया तामाङ्ग, प्रसान्त गुरुङ्ग, बिबेक मल्ल, अनिता खतिवडा, साङ्डुप योल्मु, निर बहादुर बज्यु, सजिला गुरुङ् तामाङ् रहेका छन् ।

बिदेशमा लफडा गरेर आएकाहरु हाम्रो सम्पर्कमा छैनन् : अधिकारी

यता गल्फ इनोभेसन प्रालि. नामको म्यान पावर कम्पनीका सञ्चालक जयराम अधिकारीले उनीहरुलाई आफुले ठगेको नभई रोजगारीका निम्ती विदेश पठाएको बताएका छन्।

इमान्दार मिडियासँग कुरा गर्दै उनले आफुले पठाएका कामदारहरुले नै कम्पनीमा लफडा गरेर फर्केका हुनाले उनीहरु आफ्नो सम्पर्कमा नआएको बताएका छन् । 'उनीहरुले विदेशमा आन्दोलन गरेर तोडफोडमा उत्रिएपछि नेपाल फिर्ता ल्याउनु परेको हो । अहिले हाम्रो सम्पर्कमा नै छैनन् ।' अधिकारीले इमान्दार मिडियासँग भने - ' उनीहरु लाजले आफ्नो घरमा समेत सम्पर्क गर्न सकेका छैनन् ।' 

आफ्नो सम्पर्कमा आएकाहरुलाई आफुले हिसाब किताब गरेर आबस्यक बाटो खर्च दिएर घर पठाई दिएको समेत उनले दावी गरे । 

त्यस्तै त्यहा कम्पनीमा तोडफोड र आन्दोलन गरेका कारण कमपनिले काममा नलगाई भिसा रद्द गरेर नेपाल पठाएको अधिकारीले बताएका छन् ।

आफुले भनेकै कम्पनीमा उनीहरु गएको र श्रम स्वीकृति देखी पारिश्रमिक पनी आफुले एग्रिमेन्ट गरे अनुसार नै पाएको तर कामदारले त्यो भन्दा बढाउनुपर्ने माग गरेकाले कुरा नमिलेको अधिकारीको भनाइ छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...