माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले यसकारण गरे सामुहिक राजिनामा (विज्ञप्तिसहित)

  • सल्यान, १६ वैशाख । 
जनयुद्ध लडेका इमान्दार नेता–कार्यकर्ता, सहिद परिदपरिवारको भावना विपरित अन्ययपूर्ण र जबरजस्त स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौंट गरेको भन्दै माओवादी केन्द्रका सात जना केन्द्रीय सदस्यले सामुहिक राजिनामा दिएका छन् ।

पार्टीको प्रदेश समितिले गरेको निर्णयप्रति असहमति बागचौर नगरपालिकामा कार्यरत सात जना केन्द्रीय, जिल्ला सदस्य र नगर–कमिटी सदस्यहरुले राजिनामा दिएका छन् ।

केन्द्रीय सदस्यहरु ज्ञान बहादुर ओली (माईकल),टिकाराम ओली (दर्शन), सेतिराम ओली (दिनेश), हरिलाल डि.सी. (दोभान), टंक प्रसाद शर्मा (शौगात), सुम्निमा डि.सी. (निर्माता) र कमला ओली (श्रृंखला) ले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर राजिनामा गरेको घोषणा गरेका हुन् ।

नगर इन्चार्ज माइकलको अध्यक्षतामा बसेको बैठकले लिएका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बागचौर नगरपालिकाको बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रमुख र उपप्रमुखपदका लागि ने.क.पा.माओवादी केन्द्र ६ नम्बर प्रदेशले लिएको निर्णय अत्यन्त हचुवा, पूर्वाग्राही, जनता कार्यकर्ता, शहिद परिवारको भावना विपरीत वास्तविक धरातलीय यथार्थभन्दा बाहिरबाट जबरजस्त लादिएको ठहर गर्दछौँ । साथै प्रदेश समितिलाई प्रश्न गर्न चाहन्छाैं कि उम्मेदवार छनौटका मुख्य आधारहरु के–केहुन ? 

प्रस्तावित उम्मेदवारहरुको पार्टी र आन्दोलनलाई बुझ्ने ऐतिहासिक श्रृंखला कस्तो हुनुपर्छ ? सिनियर जुनियर, पार्टी आन्दोलनमा निरन्तर निष्ठापूर्ण कामको मुल्यांकन हुन्छ कि हुँदैन ? वर्तमानमा पार्टी आन्दोलन र क्षमताको मुल्यांकन हुन्छ कि हुँदैन ? पार्टीमा अहिलेसम्म उसले खेलेको भुमिकाको लेखाजोखा हुन्छ कि हुँदैन ? उम्मेदवार छनौट गर्दा कार्यकर्ता शहीद परिवार क्षेत्र भेग र जनभावनाको कदर गरिनु पर्छ कि पर्दैन ? अन्तरिम विधायक, दुईदुई पटक संविधान सभाका सभासद, यातायात,उद्योग वाणिज्य संघ, नगरपालिका प्रमुखका उम्मेदवार एउटै टोलको हुनुपर्छ कि अरु गाउँ, क्षेत्र, भेगको भावना पनि समेटिनुपर्छ ? यि प्रश्नहरुलाई बेवास्ता गरी लिएको निर्णय अन्यापूर्ण छ ।”

अन्यायपूर्ण रुपमा गरिएको निर्णयविरुद्ध नगरमा कार्यरत केन्द्रीय सदस्य, जिल्ला सदस्य र नगर–गाउँ कमिटिले सामुहिक राजिनामा गरेको विज्ञप्तिमा उल्लेख छ । साथै सहिद परिवार, कार्यकर्ता र जनतालाई पार्टीले गरेको निर्णयविरुद्ध सशक्त आवाज उठाउन अपील समेत गरिएको छ ।

राजिनामा गर्ने नेताहरु जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका र इमान्दारको रुपमा परिचित छन् ।

हेर्नुहोस् विज्ञप्ति


, ,

प्रतिकृया दिनुहोस्

Loading...