मोदीले प्रचण्डलाई फोन गरेलगत्तै राजपा नेता भारतीय दूतावास पुगे

  • काठमाडौं, १३ बैशाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउने प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पाटीृका नेता भारतीय दूतावास पुगेका छन् ।

स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारी साँझ ६ बजे लैनचौर पुगेका हुन् । आजको नागरीक दैनिकमा समाचार छ ।

त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाईमा छलफल स्थानीय तहको चुनावमा केन्द्रित थियो ।

छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरुलाई आग्रह गरेको स्रोतको दाबी छ । त्यति मात्र नभई राजपा नेताहरुले दूतावासभित्रैबाट नयाँदिल्लीमा ‘कन्फरेन्स कल’मार्फत संवाद गरेको समेत स्रोतको दाबी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...