बिषालु च्याउको सेवनबाट पोखरामा एकै परिवारका ३ जनाको मृत्यु
पोखरा २४ चैत ।
पोखरामा बिषालु जंगली च्याउको सेवनबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।
नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्ति अस्पतालमा उपचार भइरहेको छ ।
बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा सोनम मगरको मृत्यु भएको छ ।
मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको भने गम्भीर अवस्थामा कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए ।
गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दर्शसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...