वसन्त विद्रोह र एउटा राजनीतिक मिसाइल


लोकेश विश्वकर्मा ।

चैत्र २४ अर्थात वसन्त विद्रोहले वाह्र वर्ष प्रवेश गर्दै गरेको एउटा शत्र ! जहाँबाट संघर्षको दृष्य ताजा वनेर घुमिरहन्छ । 

मान्छेहरु मैलो शरीर लिएर गणतन्त्रको मैलाउदो आशा र विश्वास सहित आन्दोलनमा थिए । मक्किएको शासन व्यवस्था ढाल्ने र फाल्ने अनि आफ्नै कासनमा चल्ने शासनको व्यग्रतापूर्वक प्रतिक्षामा थिए नेपाली जनता ।

वसन्त ऋतु, पाखाभरी ढकमक फुलेका गुरास, नयाँ पालुवा फेर्दै गरेको प्रकृति अनि व्यवस्था बदल्न आतुर नेपाली राजनीति आफैमा एउटा स्वर्णीम संयोग थियो ।

केही सयको संख्यामा रत्नपार्क वरीपरी सिमित संघर्ष जब जलजलाबाट जनमुक्ति सेना चन्द्रागिरी हुदै राजधानी ओर्लिन्छ अनि राताम्य हुदैँ जान्छ उपत्यका । चैतको चन्द्र र सम्भावनाको सागर वनेर वटालियन कमाण्डर गोङ्गबु पुगे पछि हरिया स्याउलाधारी हिम्मत सहित सत्ता विरुद्ध होमीएका थिए ।

हिजै जस्तो लाग्छ धोती र टोपी खोसेर सडकमा मिल्काएको संसदवादी एमाले काङ्ग्रेस भौतारीदै रोल्पा पुगेको ताजै छ । सम्झना कारागारमा कैद सेर बहादुर सेखी झरेको बाच्छो जस्तो भएको दृष्य अनि दाम नचलेर अलपत्र भएका माधव कुमारको मलिनता पनि वरिपरि घुमिरहेको छ । 

भोलीको सपनासहित भिजेको राता रुमाल बोकेर जब जनता जागृत भयो कमल थापाहरु डाठ भाँचिएर हिलोमा तैरीरहेका थिए । चैत्र २४ त्यहि दिन हो श्रीपेची बन्दुकले खुलेआम जनताको हत्याको थालनी गरेको । 

०५२ सालको वेगवान गतिमा फैलिएको विद्रोही चेतना एवं माओवादीले प्राप्त गरेको जनवलले नै यो दिन सम्झिन लायक र ऐतिहारिक बनेको छ । आतंकवादी वनाएकाहरु जब सातदलका आफन्त वन्ने वातावरण वन्यो तब मात्र शाही शासन ओथारो छोडेर वर्वराउँदै वतासीन वाध्य भयो ।

जनआन्दोलन–२ को वेलामा नेपाली जनतासँग राजतन्त्र फाल्ने र गणतन्त्र भित्रयाउने ठुलो इच्छा र बुझाइ थियो । खुसीको कुरा नै भनौ जान त गयो आउन पनि आयो तर थोरैका लागि मात्र अर्थात जनता खाली हात जस्तै भए। 

राज्य सत्ता कब्जा गर्ने तयारी सहित सडक हुृदै सदनमा पुगेको माओवादी नेता र नीतिको कारणले श्रृङ्खलावद्ध संकटहरुमा फस्दै गयो । जनसत्ता विघटन होस या जनमूक्ती सेना विसर्जन होस यी सवैको उत्कर्षमा आगनमा आएको अधिकार जवरजस्ती गुमाउनु वाध्य भए नेपाली जनता । 

कहिलेकाहि कलंकीको वाटो हुदै यात्रा गर्दा सहिदका आला रगतका वास्नाले सायद सवैलाई उद्देलित र आक्रोषित बनाउछ नै । अहिले पनि रत्नपार्क, भोटाहिटी पुग्दा भेटिने एक–दुई जोडा थोत्रा जुत्ता, चप्पलहरुले खाली पैताला गणतन्त्रको भरीया बन्न आतुर नौजवानको झल्झली स्मरण हून्छ । कीर्तिपूर पुग्दा विश्वविद्यालय ब्यारेक भएको र वर्दी भरी रगत लत्पतिएका डी.एस.पी खोजी रहन्छु । 

अनि चर्को आवाजमा रक्तिम कविता वोल्ने कविजिहरु पनि । अहिले मनमा हजार तर्कनाहरु जन्मिरहन्छन नेतृत्व त्यति बेलै दलाल थियो या दलालहरु नेतृत्वमा पुगेका थिए ? होइन भने सम्झीनु पर्दथ्यो । दिलबहादुर देखी सेतु सम्मलाई अनि सम्मान हुनुपर्दथ्यो वयक दाइ देखि मुकेश कायस्थ सम्मलाई । 

सायद उनलाइ चासो चिन्ता छैनहोला त्यो वेला आफैले अज्ञात स्थलबाट कासन गरेको भरमा मर्न सम्म तयार हुने कार्यकर्ता यो वेला अज्ञात फाइलहरुमा आफ्नै नेताले गरेको हस्ताक्षरको विरुद्ध किन जन्मिन्छन विप्लवहरु ? सायद यति सोच्दा उहाँलाई राम्रै होला । 

किरणलाई वादल पठाइदिए जस्तो, बावुरामलाई वदला लिए जस्तै अनि विप्लवलाई बुझियो भने तिम्रो साइन्स फेल खान्छ । प्रचण्डले आदर्श भन्दा माथी सुख र मुक्ति भन्दा ठुलो सम्झौता बुझेपछी थचारिनु नै सपना माथीको घात हो । प्रश्न झन जव्वर बनेर गएको छ । 

काङ्ग्रेस, एमालेको पूर्ण प्रजातन्त्रमा के जनताले न्याय पाउँदैन, के राष्ट्र श्वाधिन बन्दैन ? त्यस्तै माकेले भन्दै गरेको समाजवादी क्रान्तिमा नेपाली जनता चाहिदैन, या दलालहरु मात्र भए सवका सब हल हुन्छ भन्ने बुझाई हो ? त्यसो हो भने इमान्दारीता पूर्वक जनतासँग माफि माग्दा राम्रो । होइन भने बिदेशी को लहडमा दलालतन्त्रलाइ सुदृढ गर्न किन स्थानिय निर्वाचनको हल्लाखल्ला गर्दैछौ । 

यसले जनयूद्ध जनआन्दोलन दुवैलाई अपमान गरेको पुष्टि हुनेछ । त्यसले अब नेपाली जनता संग आफ्ना सत्ताहरु, न्यायलयहरु गठन नगर्नुको विकल्प रहेन देखिदैन । यहि निर्वाचनको वरिपरि  जुन दृश्य देखिन खोज्दै छ । यसले काङ्ग्रेसले कात्रो वेर्न नसकेको साशन, एमालेले एक्लाउन हिच्किचाएको व्यवस्था अनि माकेले मलजल गरेको दृष्य अन्तिम हुने समयलाइ नजिक ल्याउदै छ ।

भने एकीकृत जनक्रान्तिको गर्भमा हुकीर्दै गरेको राजनीतिक मिसाइल दलाल संसदीय व्यवस्थाका लागि घातक वन्ने निश्चित छ । बिदेशीको तलुवा चाटेर उनैको आरती गाउने दलाल ब्यवस्था र पात्र नफेरे सम्म नेपालको प्रगतिशील, जनवादी, देशभक्त आन्दोलनमा आहुति दिने सहिदका सपना साकार हुनेछैन । आजको दिनमा सहिद प्रति श्रद्धासुमन, घाइते वेपत्तायोद्धाहरु विशेष स्मरण सहि उच्च सम्मान सहित सपनाको मृत्युमा मलामी नवन्न प्रतिवद्धता पनि ।

२०७३ चैत्र २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...