पोखरा महानगरको मेयरमा एमालेबाट रवीन्द्र अधिकारी, कांग्रेस–माओवादी तर्सिए

  • पोखरा, १७ बैसाख ।

देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट युवा नेता तथा सांसद रबिन्द्र अधिकारी उम्मेदवार बन्ने भएका छन् । सांसदको विकास समितिका सभापति समेत रहेका सांसद अधिकारी उठ्ने निश्चित भएको पार्टी स्रोतले जनाएको छ ।

नेता अधिकारी मेयरमा उठ्ने सम्भावना बलियो भएपछि पोखरामा अन्य पार्टीहरु गठबन्धन निर्माणमा सक्रिय भएका छन् । यसमा विशेषगरि काँग्रेस, माओवादी केन्द्र र राप्रपालगायतले चुनावी गठनबन्धन बनाउने तयारी गरेका छन् ।

एमालेका अधिकारी स्थानीयको रोजाईमा परेका कारण सिफारिस हुनसक्ने सम्भावना भएको स्थानीयबासी समेत बताउँछन् । पोखरामा काँग्रेसले उम्मेदवार सिफारिस गरिसकेको छ भने माओबादी केन्द्रले गरेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...