श्रीमतीलाई मेयर बनाउन खोजेपछि वियरका बोतलले हानाहान…

  • सिन्धुली,१७ बैसाख ।

मेयरको उम्मेदवारको विषयलाई लिएर माओवादी केन्द्रका नेता–कार्यकर्ताबिच वियरका बोतलले हानाहमान भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा शुरुमै माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले आफ्नी श्रीमतीलाई मेयर बनाउन खोजेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

पार्टीमा थुप्रै वरिष्ठ नेताहरु हुँदाहुँदै कनिष्ठ भएपनि आफ्नै श्रीमतीलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउन राजनले बालहठले गरेपछि विवाद भएको थियो । माओवादीले गत शनिबार गाउँपालिका सदरमुकाम रामटारमा उम्मेदवार घोषणा कार्यक्रम राखेको थियो ।

नेता कार्यकर्ताले कमल दाहाललाई मेयर बनाउनुपर्ने माग गरेपनि पार्टी अध्यक्ष समेत रहेका राजनले आफ्नी श्रीमतीलाई नै उम्मेदवार बनाउने निर्णय वैठकमै सुनाएका थिए । अपरान्ह नै उम्मेदवार घोषणा कार्यक्रम राखी जिल्लाभरको जिम्मेवारी बोक्नुपर्ने राजन सुनकोशीमै केन्द्रित भएका थिए । तर साँझसम्म पनि गाउँपालिकका सबै उम्मेदवार आएनन् ।

उपाध्यक्षका उम्मेदवार भनी व्यापक प्रचार गरिएका कमल कार्यक्रममा नै नआउने मानसिकतामा सदरमुकाम सिन्धुलीगढीमै बसेका थिए । सासंद हरिबोल गजुरेलले जे भएपनि कार्यक्रममा गइदिनुस् भनेपछि उनी अबेर रामटारमा पुगेका थिए । आधारातसम्म उम्मेदवार घोषणाकै बारेमा भएको छलफलमा वियरको बोतलले हानाहान समेत भएको एक सहभागीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...