देशभर प्रहरीले सभा बिथोलेपछि विप्लवले निकाले कडा विज्ञप्ति, बैशाखभरि चुनाव बहिष्कार अभियान चलाइने


  • काठमाडौं ६ वैशाख। 
स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिस्ट पार्टीले देशै भरी चुनाव खारेजीको माग गर्दै सभा, जुलुस, घरदैलो कार्यक्रम गर्दै आएको छ ।

कम्युनिष्ट पार्टीले मंगलबार देशका चार शहरहरु (कञ्चनपुर, बुटवल, जनकपुर र विराटनगर) मा जनजागरण सभा गरेको थियो ।

शान्तिपूर्ण जनजागरण सभामा प्रचण्ड सरकारले प्रहरी हस्तक्षेप गरेर ललितपुर, काठमाडौं, बाग्लुङलगायत देशभरि जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

कञ्चनपुर र बुटवलमा प्रहरीले सभा स्थल नै कब्जामा लिएर कार्यक्रमलाइ अबरोध गरेपछि पार्टीका महासचिव विप्लवले एक बिज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

विप्लवले आज एक विज्ञप्ति निकाल्दै यस्ता आफ्ना पक्राउ गरिएका कार्यकर्ताहरुलई तुरुन्त रिहा गर्न माग गरेका छन् । 

बिज्ञप्ती निकाल्दै विप्लवले आफ्नो अभियान वैशाख महिनाभरि सभा, प्रदर्शन, जुलुस, प्रचारप्रसार गर्दै चलिरहने बताएका छन् । 

पढ्नुहोस् बिज्ञप्ति जस्ताको त्यस्तै

नेपाल कम्युनिस्ट पार्टी
केन्द्रीय समिति

नजागरण अभियानमा प्रहरी हस्तक्षेप विरुद्ध

                                                       प्रेस वक्तव्य

आज देशका चार स्थान (कञ्चनपुर, बुटवल, जनकपुर र विराटनगर) मा जनजागरण सभा आयोजना गरिएको थियो । आश्चार्यको कुरा शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ भने ललितपुर, काठमाडौं, बाग्लुङलगायत देशभरि जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं साथै कार्यक्रमहरुमा भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं ।

संसदवादी दलहरुले राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको नारा दिनरात भट्याइरहन्छन् त्यसमा पनि प्रचण्डको सरकार छ । विडम्वना ! उनीहरुले नै भन्ने गरेको राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै यस्तो हस्तक्षेप र दमन गरिएको छ । यो हस्तक्षेपले हाम्रो पार्टीले भनिरहेको नेपालमा जनताको राज्य व्यवस्था छैन । यहाँ प्रतिगमन र प्रतिक्रान्ति भएको छ भन्ने सत्यलाई नै प्रमाणित गरेको छ ।

हामी प्रचण्ड–विमलेन्द्र सरकारलाई जानकारी र चेतावनी दिन चाहन्छौं कि हाम्रो अभियान वैशाख महिनाभरि जनजागरण सभा, प्रदर्शन, जुलुस, प्रचारप्रसार चलिरहने छ, यो अभियान कुनै पनि प्रहरी हस्तक्षेपद्वारा रोकिने छैन । हामी चाहन्छौं राजनैतिक कार्यक्रमहरु गर्ने सहज वातावरण बनाइयोस्, राज्यले चालेका सबै दमन र हस्तक्षेपहरु बन्द गरियोस् अन्यथा सरकारको दमनका कारण पैदा हुने परिणामको जिम्मेवार प्रचण्ड–विलेन्द्र नै हुनु पर्नेछ ।

अन्त्यमा हाम्रा सबै क्रान्तिकारी कमरेडहरुलाई राज्य दमनको कुनै प्रवाह नगरी प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज तथा जनजागरण अभियानमा दृढतापूर्वक अगाडि बढ्न अपिल गर्दछौं । हामीलाई दमन र आतंकको कुनै प्रवाह छैन । हामीलाई जनताको अधिकार, देशको स्वाधीनता, शान्ति र समृद्धिको चिन्ता र दायित्व छ । हामीले त्यसलाई पूरा गरिछाड्नु पर्छ ।
२०७४ वैशाख ५
… … … …
विप्लव
महासिचिव

यो पनी पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...