प्रहरीको घेराभित्र कम्युनिस्ट पार्टीको जनसभा, यसरी भयो ठाउँ-ठाउँमा झडप, स्थलगत रिपोर्ट

  • दिया चन्द
कञ्चनपुर,६ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको भीमदत्तनगरमा प्रहरीको घेराभित्र स्थानीय निर्वाचन बहिष्कार तथा प्रतिरोध सभा सम्पन्न गरेको छ । 

मंगलबार कम्युनिष्ट पार्टीले आयोजना गरेको जनसभामाथि प्रहरीले व्यापक हस्तक्षेप गरेको थियो। हस्तक्षेपकाबिच पार्टीले आफ्नो अभियान अन्तरगतको चुनाव बहिष्कार तथा प्रतिरोध सभा सम्पन्न गरेको हो । 

कम्युनिष्ट पार्टीले कञ्चनपुरका साथै देशका अन्य ठाउँ जनकपुर बिराटनगर, बुटवल लगायतका शहरहरुमा पनि यस्तै झडप र तनाबका बीच नै आफ्नो अभियान अन्तरगतका सभाहरु सम्पन्न गरेको छ ।

प्रहरीले सभा बिथोलेपछि यसरी भयो झडप 

प्रचण्ड नेतृत्वको सरकारले बैशाख ३१ गते स्थानीय चुनावको मिति घोषणा गरेपछि देशभर चुनाव खारेजी अभियान लिएर हिडेको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रममाथी प्रहरीले दमन तथा हस्तक्षेप बढाएको छ ।कञ्चनपुरमा कार्यक्रम भइरहदा दिनभर भिमदत्तनगर युद्ध मैदान जस्तै बनेको थियो । 

प्रहरीले सानो भन्दा सानो निहुँ पारेर जनता कार्यकार्तालाई दमन गर्न खोजेको थियो भने सभाका सहभागीहरु निकै संयमित रहेकाले साना साना झादफारू मात्र भए । ति साना-साना झडपले उग्र रुप लिन पाएन र झडप एक हदसम्म साम्य भयो ।

केन्द्रीय स्तरका नेताले सम्बोधन गर्ने भनेपछि प्रहरी आक्रामक

कञ्चनपुरको भिमदत्तनगरमा आयोजित कार्यक्रमलाई पार्टीका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भनेपछि प्रसाशन र प्रहरीको टाउको दुखाइ बन्यो । स्थानीय प्रसाशनलाई जिल्लाका नेताहरुले सम्बोधन गर्ने भन्ने पूर्व सूचना भएकोले खासै वास्ता नगरिएको बुझियो ।

जब पार्टी प्रबक्ता लगायतका केन्द्रीय नेताहरु आएको खबर सिडिओ कार्यालय पुग्यो त्यति बेला सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुखसहित स्थानीय राजनीति पार्टीका नेताहरु जम्मा भए र जिल्ला प्रशासन कार्यालयमा आकस्मिक सुरक्षा बैठक बसेर कम्युनिष्ट पार्टीको सभा बिथोल्ने निर्णय गरिएको कुरा प्रहरीका एसपी प्रकाश चन्दले नै इमान्दार मिडियालाई बताए ।

हुन पनि त्यस्तै देखियो जब नेता कार्यकर्ता र स्थानीय जनताहरु आउने क्रम सुरु भयो त्यस लगत्तै प्रहरीको उपस्तिथि पनि बाक्लियो ।

सभालाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकण्ड,पोलिटव्युरो सदस्य उमा भुजेल शिलु र अर्का केन्द्रिय नेता डिडि पान्ड्येले सम्बोधन गर्ने कार्यक्रम थियो । 

बिहानै देखिको मेहनत बालुवामा पानी

कार्यक्रमलाई भब्य रूपमा सम्पन्न गर्ने तयारीस्वरुप कञ्चनपुर जिल्ला पार्टीले बिहानैदेखी भीमदत्त स्मारकमा मञ्च निर्माण गर्यो । 
त्यो बिहानदेखिको मेहनत भने प्रहरी हस्तक्षेपका कारण वालुवाको पानी बन्यो । उक्त मञ्चमाथि नै प्रहरीको आँखा लाग्यो स्थानीय नेता कार्यकर्ता भन्छन् 'यदी पहिलेदेखि नै सभा गर्न नदिने निर्देशन थियो भने बिहानैदेखि मञ्च बनाउन नै नदिनुपर्ने ।'

बिहानैदेखि यत्रो मेहनत गरेर बनाएको मञ्च नै प्रहरीको कब्जामा परेपछि फेरी अर्को ठाउँमा सभा गर्न कम्युनिष्ट पार्टीलाई अर्को व्यवस्थापन गर्नुपर्ने अबस्था आयो ।

प्रहरी र कम्युनिष्ट पार्टीका नेताबीच दोहोरो भनाभन

जब दिउसोको १ बज्यो प्रहरीले चुनाव बिरोधि गतिविधि गर्न नपाउने भन्दै कार्यक्रमस्थल कब्जा गर्यो । कयौं पटक प्रहरी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताबिच दोहोरो भनाभन समेत भयो ।

उता प्रहरीले कुनैपनी हालतमा कार्यक्रम गर्न नदिने प्रतिक्रिया दिइरहदा यता पार्टी कार्यकर्ताले भने जुनसुकै हालतमा कार्यक्रम गर्ने अडान लिइरहेका थिए । 

उता कञ्चनपुरका विभिन्न ठाउँबाट ३ दर्जन बसले कार्यकर्ता सदरमुकाम झारिसकेको अवस्थामा करिब २ हजार बढी जनशक्ती सिटि हलमा जम्मा भइसकेको थियो । 

जुलुस सभा स्थलमा आउनै लाग्दा प्रहरीको घेरा

पार्टी नेतृत्वले र्याली सुरु गरेसंगै यता प्रहरीले आफ्नो पुरै शक्ति कार्यक्रम स्थल केन्द्रीत गर्यो । प्रहरीको बाक्लो उपस्थिति र आर्कोषित जनमानस जम्मा हुँदै जाँदा झडपको अबस्था सिर्जना भयो । 

कम्युनिष्ट पार्टीिले झडप रोक्न चाहेको देखिन्थियो भने प्रहरी झडप सिर्जना गरेर सभालाई तितरबितर पार्ने योजनामा थियो ।

अन्त्यमा प्रहरीले कम्युनिस्ट पार्टीको कार्यक्रम स्थल कब्जा गरेपछि भिमदत्त स्मारकमा हुने भनिएको कार्यक्रम मदन चोक सर्यो । 

प्रहरीको उक्त हिंसात्मक योजनालाई बुझेपछि कम्युनिष्ट पार्टीले सभा स्थल सारेर भएपनि संयमता अपनाउने रणनीति लियो । त्यस अनुसार अन्ततः सभा स्थल सारेर अभियानलाई निरन्तरता दिने योजना बन्यो ।

प्रहरी अबरोधपछि प्रवक्ताले सम्बोधन गरेनन्

सभालाई जसरी पनि तितरबितर पारेर सानो कोणसभामा परिणत गरिदिने प्रहरीको योजना थियो । स्थानीय प्रसाशनमा बसेको आकस्मिक बैठकको निर्णय अनुसार प्रहरी दमनमा उत्रियो । 

सिडिओ सापको आदेश भन्दै एकाएक प्रहरीले धरपकड गर्न सुरु गरेपछि हाइ कमाण्डका केन्द्रीय नेता आउँदा सहभागी मास झन् उत्तेजित हुने र झडप बढ्ने देखिएपछि कयुनिष्ट पार्टीका प्रवक्ताले सभालाई सम्बोधन गरेनन्।

कार्यक्रमलाई पार्टीकि पोलिटव्युरो सदश्य उमा भेजेल र महाकाली ब्यूरो इन्चार्ज असिनाले सम्बोधन गरिन । 

शहिद गोविन्दका आमा बालाई कम्युनिष्ट पार्टीको सम्मान

उक्त कार्यक्रममा कञ्चनपुरको सिमा क्षेत्रमा भारतीय एसएसबिको गोलि लागि ज्यान गुमाउने सहिद गोबिन्द गौतमका आमा बुवालाई सम्मान गररिएको छ ।

कार्यक्रमकि मुख्य बक्ता भुजेलले सम्मान पत्र,दोसल्ला र अबिर टीका लगाएर गौतमका आमा बुवालाई सम्मान गरेकी हुन ।

बैशाख ५ गते मंगलबार कम्युनिष्ट पार्टीले बिराटनगर, जनकपुर, बुटवल र भिमदत्तगरि ४ ठाउँमा एकैदिन जनसभा आयोजना गरेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...