चैत २६ जनआन्दोलन १ सफल भएको दिन, देशभर विभिन्न कार्यक्रम गरी सम्झिदै

  • काठमाडौं, २६ चैत ।
आज चैत २६ गते । २०४६ साल फागुन ७ गतेदेखि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई जनआन्दोलनको गन्तव्य मानेर आरम्भ गरिएको आन्दोलन सफलतामा पुगेको दिन हो ।

आजको दिनलाई प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनले सफलता पाएको दिनको रुपमा सम्झिने गरिन्छ ।

सत्ताइस वर्षअघि २०१७ साल पुस १ गते अपहरण भएको नेपाली जनताको नागरिक हक पुनःस्थापनाका निम्ति भएको आन्दोलनले सफलता पाएको थियो । 

सर्वोच्च नेता गणेशमान सिंहको पहलमा ३० वर्षको पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली काँग्रेसले वामपन्थीसँग मिलेर जनआन्दोलन गर्ने निष्कर्ष निकाली सातवटा वामपन्थी पार्टी मिलेर संयुक्त वाममोर्चा बनेको थियो ।

सर्वोच्च नेता सिंहको मार्गचित्र र नेतृत्व अनुरूप नै २०४६ साल फागुन ७ गतेदेखि सर्वोच्च कमान्डर गणेशमान सिंहले नेतृत्व गरेको जनआन्दोलनले अन्ततः आजैको दिन सफलता प्राप्त गरेको थियो ।

यो दिनलाई जनआन्दोलन भाग १ का नामले पनि चिनिन्छ । यसै दिनको सम्झनामा देशभर विविध कार्यक्रम पनि गर्ने गरिन्छ । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...