यस्तो छ तपाईंको २०७४ साल ! हेर्नुस् बर्षभरिको राशिफल


२०७४ सालभरिको सम्पूर्ण राशिफल दैनिक नेपाललाई प्राप्त भएको छ । थाहा पाउनुहोस् तपाईंको बर्षदिनभरको राशिफल:

मेष :- भदौसम्म श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने भएता पनि त्यसपछी राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने । कुनै नयाँ व्रत, पर्व, उत्सवमा सहभागी हुन पाइने देखिन्छ। ब्यवसायिक क्षेत्रको लगानीबाट आर्थिक लाभमा बढोत्तरी हुनेछ ।

वौद्धिक क्षेत्रका काम बन्नेछन् भने आम्दानीमा समेत वृद्धि हुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रबाट मानसम्मान पाइनेछ । नोकरीमा प्रशंसीय काम गर्नाले थप सुविधाका साथ प्रतिष्ठामा वृद्धि हुनेछ। प्रतिस्पर्धा एवं प्रतियोगितामा सफलताका साथ पुरस्कार हात पर्नेछ । साउन, कात्तिक र चैत महिना समस्या युक्त हुनेछन् ।

बृष :- भदौसम्म नोकरीमा रहेका समस्या समाधान हुनेछन् भने भाग्यले साथ दिने कारण थोरै परिश्रमले अधिक फाइदा कमाउन सकिनेछ । हरेक काममा असल मित्र र आफन्तको सहयोग रहनुका साथै पराक्रम समेत बढ्नेछ । अध्ययनको रुचीले शिक्षा क्षेत्रमा प्रगति हुनेछ । धन बढ्ने, उन्नति प्रगतिमा राम्रो जाँगर आउने। छोरा-छोरीबाट उपलब्धिपूर्ण काम हुने देखिन्छ भने त्यसपछी श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने देखिन्छ। राजनैतिक क्षेत्रमा विरोधीहरु सक्रिय रहने कारण अपमान सहनुपर्नेछ । ब्यापारमा नियमितता रहला । नयाँ सोच र नयाँ कार्यको शुभारम्भ यो वर्ष हुनेछ । भ्रमण र मनोरञ्जनका क्षेत्रमा खर्च वृद्धि हुनेछ । जेठ, असोज र माघ महिनामा झण्झट र विवाद हुनेछ ।

मिथुन :- यो साल भदौसम्म मानशिक अशान्ति बढ्ने , ठाउँ परिवर्तन गर्नु पर्ने, दाजु भाइमा विवाद पर्नेछ। तर त्यसपछी धन बढ्ने,उन्नति प्रगतिमा राम्रो जाँगर आउने । छोरा-छोरीबाट उपलब्धिपूर्ण काम हुने छ्। नोकरीमा रहेका समस्या समाधान हुनेछन् भने भाग्यले साथ दिने कारण थोरै परिश्रमले अधिक फाइदा कमाउन सकिनेछ । हरेक काममा असल मित्र र आफन्तको सहयोग रहनुका साथै पराक्रम समेत बढ्नेछ । अध्ययनको रुचीले शिक्षा क्षेत्रमा प्रगति हुनेछ । जेठ, असोज र माघ महिनामा झण्झट र विवाद हुनेछ ।

कर्कट:- वर्षको शुरुमा कुटुम्बसँग विवाद, बिघ्नबाधा मात्रै पर्ने, मानशिक अशान्ति बढ्ने, ठाउँ परिवर्तन गर्नु पर्ने , दाजु भाइमा विवाद पर्ने, लेखाइ पढाइमा जागर नलाग्ने र उचित ध्यान नदिइदा शिक्षा क्षेत्र सबल रहने छैन । तर भदौ पछी वैदेशिक क्षेत्रका अधुरा काम बन्ने र नयाँ कामको अवसर हात पर्नेछ । महत्वपूर्ण काम बन्ने र आकस्मिक धनको लाभ भई नै रहनेछ । वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको समेत उत्तम लक्षण देखिन्छ । तपाईंको प्रगतिमा डाहा गर्नेहरु शरणमा आउनेछन् । असार, कात्तिक र फागुन महिना स्वास्थ्य र खर्चका दृष्टिकोणले अशुभ रहनेछन् ।

सिंह:- शुरुमा ब्यापार व्यवसाय र निजी कामबाट मनग्य धन लाभ हुनेछ । मुखमा घाउ खटिराको प्रकोप, दाँत र नसा सम्बन्धी समस्याले सताउन सक्छ । नोकरी अपजस लागे पनि सामाजिक एवं राजनैतिक क्षेत्रबाट सुख र सन्तोष हुनेछ । सबै प्रकारको प्रसिद्धि पाइने, मान-सम्मानमा वृद्धि, उन्नति प्रगति राम्रो हुने, जुनसुकै श्रोतबाट पनि धन आउने मौकाहरू मिल्ने भएता पनि भदौ पछी कुटुम्बसँग विवाद, बिघ्नबाधा मात्रै पर्ने पदीय जिम्मेवारी बहन गर्दा अपजश आइलाग्ने छ। अनावश्यक डर र चिन्ताले मनमा डेरा जमाउनेछ । विवाद र झण्झटमा फस्ने कारण झै झगडामा अगाडि बढ्नु उचित हुनेछैन । असार महिनामा घर घडेरी जोडिने र पुस, माघमा सवारी साधन तथा घरको लाभ हुनेछ । जेठ, साउन, मंसिर र चैत महिना सामान्य फलदायी रहलान ।

कन्या:- भदौसम्म सबै प्रकार को प्रसिद्धि पाइने, मान-सम्मानमा वृद्धि, उन्नति प्रगति राम्रो हुने, नोकरी गर्नेहरुका लागि कार्य क्षेत्रबाट प्रशंसा र सम्मान पाइनेछ । पद प्रतिष्ठा बढ्ने र सुविधाका साथ स्थानान्तरण हुनेछ । अध्ययनमा रुची बढ्ने र शैक्षिक क्षेत्रमा सफल भइनेछ । वैदेशिक रोजगारी सन्तोषजनक रहनेछ । होटल एवं पेय पदार्थको ब्यापार फस्टाउनेछ भने नाम र दाम दुवै कमाउन सफल भइनेछ । जुनसुकै श्रोतबाट पनि धन आउने भएता पनि त्यसपछी विपरित फल मिल्नेछ। शत्रु सक्रिय रहने कारण हरेक कार्यमा गोपनीयताका साथ काम गर्नु उचित हुनेछ । घरायसी समस्याले जरो गाड्नेछ भने गलत ब्यक्तिको प्रसंगबाट प्रेममा फस्न सक्ने र त्यसबाट झन पीडाबोध हुने एवं धनको समेत नास हुनसक्ने कारण मिठो बोल्नेहरुबाट टाढा रहनु उचित हुनेछ । जेठ, असार, साउन, मंसिर र फागुन महिना आर्थिक एवं सुखका दृष्टिले शुभ रहेका छन ।

तुला:- भदौसम्म शोक आइलाग्ने, र्व्यर्थको विवादमा अल्भिनु पर्ने, धनहानी, अनिष्ट खवर पाइने , मनमा अनावश्यक डरले सताउने छ। धनहानी, अनिष्ट खवर पाइने , मनमा अनावश्यक डरले सताउने छ। तर त्यसपछी गुरु अनुकूल रहनाले पठनपाठन क्षेत्रमा राम्रो प्रगति हुनेछ । साझेदारी ब्यवसायमा विवाद पर्ने र स्व-व्यवसाय फस्टाउनेछ । वैदेशिक क्षेत्रको काम कडा मेहनेत र निरन्तरको प्रयासबाट बन्नेछ । जग्गा जमिन तथा सवारी साधनको खरिद गर्ने योग राम्रो छ । जेठ, असोज, र माघ महिनामा काम नबन्ने र खर्च बढ्नेजस्ता अशुभ फल हुनेछ ।

वृश्चिक:- वर्षको मध्यसम्म धन आउने, नयाँ श्रोत बढ्ने छ, आँटेका सबै काममा सफलता पाइने छ। नयाँ पद, पेशा जमीन, व्यापारमा लगानी गर्दा राम्रो लाभ पाइने छ। नयाँ कार्यको शुभारम्भले मनमा शान्ति छाउँनेछ। उचित हुनेछ। तर त्यसपछी दुःख, शोक आइलाग्ने, ठाउँ परिवर्तन हुने। र्व्यर्थको विवादमा अल्भिनु पर्ने, धनहानी, अनिष्ट खवर पाइने, मनमा अनावश्यक डरले सताउने छ। पतिपत्नीबीच अविश्वासको संकट देखा पर्नेछ । असार, असोज, कात्तिक र फागुन महिना नराम्रा रहेका छन। अध्ययन क्षेत्र शुभ छ।

धनु:- वर्षको मध्यसम्म धनको हानी, राजनीतिमा अपजस, नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको विकास हुने र झुट्टा आरोप लाग्नेछ । काममा ढिलासुस्ती हुनेछ । सत्रु सक्रिय रहनेछन् । आर्थिक संकटले सताउनेछ । आफन्तहरु लेनदेनको कारणले टाढिने छन् । व्यापारमा मन्दी हुनाले सोचेअनुरुप लाभ हुनेछैन् । तर त्यसपछी धन आउने, आँटेका सबै काममा सफलता पाइने छ । नयाँ पद, पेशा जमीन,व्यापारमा लगानी गर्दा राम्रो लाभ पाइने छ । भाग्यको प्रबलताले सजिलैसँग कामममा सफलता हात लाग्ने तथा मानसिक प्रशन्नताले मन आनन्दित रहने छ । साउन, मंसिर, चैत्र महिना आर्थिक दृष्टिले अशुभ रहेका छन् ।

मकर:- परिवारमा आउने विवादले मन अस्थिर बन्नेछ । बोलीको असंयमताले झुट्टा आरोप लाग्ने र मनमुटाव समेत हुनेछ । नोकरीमा ख्याति बढ्नेछ । नयाँ सोच विचार र लगानीका माध्यमहरु तछाड/मछाड गरेर आउनेछन् । व्यापार व्यवसायको वृद्धिले आर्थिक सन्तुलन कामय राख्न मद्धत गर्नेछ । शत्रुहरु प्रतिष्ठा गिराउन तल्लीन रहेनछन् । धार्मिक गतिविधीमा आस्था बढ्नेछ । इष्टमित्रहरु सहयोगी बन्नेछन् । राजनीतिमा सम्मानित हुने अवसर नआउला भन्न सकिन्न । राम्रो नोकरीको प्रस्ताव आउनाले मनमा द्विविधा छाउनेछ । वैदेशिक कार्यले लाभान्वित भइनेछ भने रमाइलो एवं नयाँ ठाउँको भ्रमण हुनेछ । परिवार एवं सन्तानमा आउने स्वास्थ्य समस्याले चिन्ता थपिनेछ । लेखन साहित्य क्षेत्रबाट मान-सम्मान पाइनेछ । असार, असोज, कार्तिक र मंसिर महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । शत्रु बढ्ने कारण अरुको विषयमा चासो राख्नु उचित हुनेछैन । प्रेम प्रसंगले तनाव निम्त्याउन सक्छ ।

कुम्भ:- वर्षको मध्यसम्म बन्धनमा पर्नु पने , रिस ज्यादा उठ्ने, मनमा डर बनि रहने , कतैबाट अनिष्ट र अशुभको खबर सुन्नु पर्ने भएता पनि भदौ पछी धनप्राप्ति, आराम मिल्ने , पत्नी छोरा छोरीबाट सहयोग राम्रै हुने । औद्योगिक व्यवसायको सञ्चालन राम्रो रहनेछ। अनेक किसिमका रत्नलाभ, घर निर्माण र जग्गा जमिन खरिद विक्रीको योग छ । कला क्षेत्रमा लागेकालाई फलदायी वर्ष छ । धनलाभका नयाँ स्रोतहरु बढ्नेछन भने व्यापार व्यवसाय सोचेअनुरुप चल्नाले मनग्य धनलाभ हुनेछ । पठनपाठनमा रुची बढ्नाले शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन:- वर्षको मध्यसम्म राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने। स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने । कुनै नयाँ व्रत, पर्व, उत्सवमा सहभागी हुन पाइने भएता पनि त्यसपछी कुनै कतैबाट अनिष्ट र अशुभको खबर सुन्नु पर्ने । अरुको बहकाउमा लागेर साझेदारी काममा लगानी गर्नु उचित नभएको कारण साझेदारी व्यवसायमा हात नहाल्नु नै उचित हुनेछ । गलत सल्लाह सुझावले गलत ठाँउमा फस्न सक्ने कारण खानपिन र साथी संगतीमा सजगता अपनाउनु उचित हुनेछ । असार, कार्तिक र फागुन महिना कष्टदायक रहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...