यी मानिस जो २५६ वर्षसम्म बाचे, जसका २०० सन्तान र २३ श्रीमती थिए


मानिस १०० देखि बढीमा १५० वर्षसम्म बाँच्ने गरेका छन् । तर, कुनै समय चीनमा एक पुरुष २५६ वर्ष बाँचेको तथ्य फेला परेको छ ।

सन १९३३ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक चिनियाँ इतिहासकार बु चंग जीको एक अध्ययनअनुसार चीनको ली चिङ्ग यून मा ६ मे १९३३ मा ती मानिसको २५६ वर्षमा मृत्यु भएको थियो ।

जीवनमा उनका २०० भन्दा बढी सन्तान जन्मिएका थिए । उनका २३ जना श्रीमती थिए । उनी एक प्राकृतिक चिकित्सक थिए भने मार्शल आर्टका ज्ञाता पनि थिए ।

यूनले साक्षात्कारका क्रममा इतिहासकार वु चङ्गलाई एक पुरानो दस्तावेज दिएका थिए । जसमा १८२७ मा चीनको राजशाही सरकारबाट ली चिङ्ग यूनलाई १५० औं जन्मदिवसका अवसरमा बधाई दिइएको थियो । यदि त्यो दस्ताबेजलाई सही मान्ने हो भने उनको जन्म १६७७ मा भएको थियो । 
एजेन्सी । 






,

प्रतिकृया दिनुहोस्

Loading...