माओवादी केन्द्रमा पार्टीको उमेद्वार बन्न ९ मापदण्डहरु पूरा गर्नुपर्ने

  • काठमाडौं, २५ चैत । 

नेकपा माओवादी केन्द्रले आगामी बेशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको लागि उमेद्वारहको मापदण्ड तोकेको छ । 

केन्द्रले आफ्नो पार्टीको उमेद्वार बन्नका लागि विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने जनाएको छ । उमेद्वार हुनका लागि पहिलो शर्त भनेको उम्मेदवार छनोट भइसकेपछि उसले आफ्ना सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने छ । 

यस्तै उमेद्वारले पार्टीको नीति, कार्यक्रम र कार्यदिशा लागू गर्नुपर्नेछ । र, पार्टीको संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्ने क्षमता राख्ने हुनुपर्नेछ । यस्तै उमेद्वार हुन स्थानीय तहमा लोकप्रिय, वर्ग दृष्टिकोण स्पष्ट भएको र जनयुद्धमा भूमिका खेलेको हुनुपर्नेछ । 

यससँगै सार्वजनिक काममा दक्ष, चुनावी रणनीतिमा दख्खल व्यक्ति माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न सक्षम हुनेछ । 

माओवादी केन्द्रले निर्वाचन आयोगले तोकेको योग्यताका अतिरिक्त सार्वजनिक पद धारण गर्दा वा संगठनको भूमिकामा रहँदा वा सामाजिक जीवनमा सार्वजनिक प्रतिष्ठा गुमाएका वा धुमिल भएका, आचरणहीन देखिएका व्यक्तिलाई उम्मेदवारी नदिने माओवादीको नीति छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...