श्रीमान् हेन्डसम नभएपछि श्रीमतीले गरिन् यस्तो हर्कत


नयाँदिल्ली । भारतको तामिलनाडुमा एक नवविवाहित महिलाले श्रीमानको हत्या गरेकी छिन् । इन्डियन एक्सप्रेसका अनुसार ‘हेन्डसम’ नभएको भन्दै उनले श्रीमानको हत्या गरेका हुन् । ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको एक साताअघि मात्रै विवाह भएको थियो । उनीहरूबीच सोमबार साँझ कुडालोरस्थित घरमा भएको थियो । झगडाका क्रममा श्रीमतीले ग्राइन्डरले टाउकोमा प्रहार गरेकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो ।

त्यसपछि श्रीमती चाहिँ बाहिर निस्किएर श्रीमानको हत्या भयो भन्दै रोइकराइ गरेकी थिइन् । प्रहरी अनुसन्धान पश्चात मंगलबार उनलाई नै हत्या अभियोगमा पक्राउ गरिएको हो ।

विवाद लगत्तै ती महिलालाई साथी र नातेदारले श्रीमान् हेर्दा आकर्षक र राम्रो नभएको भन्दै जिस्काउने गरेका थिए । आफू सुहाउँदो जोडी नभएको भनेपछि उनले पनि श्रीमानलाई घृणा गर्न थालेकी थिइन् । – एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...