दश फोटो, जसले तपाईको नजरलाई चुनौती दिन्छन्

एजेन्सी- इन्टरनेटमा यस्ता थुप्रै तस्बिर भेटिन्छन् जसलाई तपाईले एक पटक हेर्दा एउटा देख्नुहुन्छ र केहि समय लिएर हेर्नुभयो भयो भने अर्कै देखिन्छन् । यी दश फोटो जसले तपाईले हेर्ने नजरलाई चुनौती दिन्छ र पुन हेर्न बाध्य बनाउँछन् ।

फोटो १:



भ्रम : फोटोमा तपाईले कुकुरको जस्तो मुख भएकी एउटी महिला देख्नु हुनेछ ।

वास्तविकता: महिलाको अगाडि एउटा कुकुर आकासपट्टि फर्किएर बसेको छ । फोटोग्राफरले फोटो लिँदा ठ्याक्कै कुकुरको मुखले महिलाको मुख छेल्छ र महिलाकै मुख कुकुरको जस्तो देखिन्छ ।

फोटो २:



भ्रम : फोटोमा तपाईले कुकुरको ढाडमा काटेको जस्तो देख्नु हुनेछ ।

वास्तविकता: कुकुर र काठको ठुटो काटिएको नभई काटेर राखिएको ठुटोको अगाडि अघिल्तिर फर्किएर बसेको उस्तै रङको कुकुर रहेको छ ।

फोटो ३.



भ्रम : फोटोमा तपाईले तीनवटा घुँडा भएकी युवती देख्नु हुनेछ ।

वास्तविकता: युवतीको तीनवटा घुँडा नभई दुईवटा घुँडा र एउटा काठको उस्तै रंगको ठेकी छ ।

फोटो ४.



भ्रम : फोटोमा तपाईँले दुईजनाको पछाडि रहेका पुरुषले एकजनाको काँधमा हात राखेको देखिन्छ ।

वास्तविकता: पछाडि रहेका पुरुषले अगाडि रहेकी महिलाको काँधमा हात राखेको नभई आफ्नो हात बाँधेर उभिएका हुन् यता अगाडि बायाँ रहेकी महिलाले अर्की महिलाको काँधमा अंगालो मारेकी हुन् ।

फोटो ५.



भ्रम : फोटोमा तपाईँले एकजना बिदेशी नागरिकको पछाडि समान ठाउँमा उिभएका अन्य दुइजना व्यक्ति होचा देखिन्छन् ।

वास्तविकता: भारतको नयाँ दिल्लीस्थित लोटस मन्दिर परिसरमा खिचिएको यो फोटोले एकछिन् अलमलमा पार्नेछ । समान हाइटमा देखिएका यी तीन पुरुषको उचाई अनौठो देखिएको छ । तर यो फोटोमा अगाडि उभिएका पुरुष उचाईमा छन् र अन्य दुईजना मन्दिरको अर्को भागमा छन् ।

उनीहरुको छायाँ एकनासको छ तर अगाडि रहेका पुरुषको छायाँ आधा मात्र छ । अगाडि रहेका पुरुषले माथिल्लो खुड्किलोको छेउमा उभिएर तस्बिर लिएको हुनाले यसो भएको हो ।

फोटो ६.



भ्रम : फोटोमा तपाईँले दुईवटा कुकुरमध्ये एउटाले आगो ओकलेको देख्नु हुनेछ ।

वास्तविकता: दुईवटा कुकुरमध्ये एउटाले आगो ओकलेको नभई दायाँतिरको कुकुरले मुख बाएको समयमा अघिल्तिर रहेको आगोको लप्को ठिक बाएको मुखको सिधा परेको देखिन्छ ।

फोटो ७.



भ्रम : फोटोमा तपाईँले तीनवटा हात देख्नुहुन्छ जसमा दुइवटा कम्मरमा छन् र एउटा अगाडी मदिराको ग्लास समातिरहेको छ ।

वास्तविकता: दुईवटा हात कम्मरमा ठिक छन् तर तेश्रो हात भने आफ्नो नभई आफूभन्दा पछाडी रहेका पुरुषको हो जसले हातमा मधदिरा समातेका छन् ।

फोटो ८.



भ्रम : फोटोमा तपाईँले दुई महिलामध्ये जिन्सको टिशर्ट लगाएकी महिलाको रौँ ले भरिएको असाधारण पाखुरा देख्नुहुन्छ ।

वास्तविकता: दुई महिलामध्ये जिन्सको टिशर्ट लगाएकी महिलाको रौँ ले भरिएको असाधारण पाखुरा नभई उनीहरुसंगै अगाडि रहेका तर फोटोमा न अटाएका र जिन्सको हाफपेन्ट लगाएका पुरुषको खुट्टा हो ।

फोटो ९.



भ्रम : फोटोमा तपाईँले सुगठित शरिर भएकी युवती देख्नु हुनेछ ।

वास्तविकता: एक महिला र एक पुरुष तस्बिरमा छन् तर अगाडिबाट देखिँदा महिला मात्रै देखिन्छिन्, पछाडि रहेका पुरुषको टाउको लुकेको छ र झट्ट हेर्दा सुगठित शरीर भएकी महिलामात्र देखिन्छिन् ।

फोटो १०.



यसको मुल्यांकन आफैँ गर्नुस् ।

प्रतिकृया दिनुहोस्

Loading...