सेन्टपिटरस्बर्गमा भएको आक्रमणमा एसियाली व्यक्ति संलग्न रहेकाे खुलासा

  • एजेन्सी, २२ चैत ।

रुसको सेन्टपिटरस्बर्गमा भएको आक्रमणमा संलग्न व्यक्ति मध्य एसियाली देशका रहेको खुलासा भएको छ ।

उक्त आक्रमणमा संलग्न व्यक्ति अन्दाजी २० वर्षका व्यक्ति रहेको रुसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा ११ जनाको ज्यान गएको थियो भयो, कम्तिमा ४५ जना घाइते भएका छन् । सेन्टपिटरस्बर्गको अन्डरग्राउण्ड स्टेशन दुई स्टेसनको बिचमा विस्फोट भएक हो । विस्फोट भएको स्टेशन नजिकै अर्को विस्फोटक पदार्थ भेटिएको थियो ।

त्यसलाई भने प्रहरीले सुरक्षित रुपमा निष्क्रिय पारेको बिबिसीले जनाएको छ । घटनापछि सेन्टपिटरस्बर्गमा तीन दिने शोकको घोषणा गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण आतंककारी रहेको जानकारी दिएका छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...