सनबोरा नदीमा ७४ लाखको लागतमा झोलुङ्गे पुल बन्दै

  • कञ्चनपुर, २२ चैत । 

कञ्चनपुरको सनबोरा नदीमा ७४ लाखको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ । 

शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि एक सय एक मिटर लम्बाइ भएको पुल जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय समुदाय र स्वापलगायतको सहयोगमा निर्माण हुन लागेको हो । 

पुल चालु आवभित्रै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्तीदेवी चौधरीले बताइन । पुल निर्माणका लागि सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था केदार ग्रामीण विकास समाज नेपालले जिम्मा लिएको छ । 

पुल निर्माण भएपछि यस क्षेत्रका ६८८ घरधुरीका चार हजार ८१८ परिवार लाभान्वित हुने भएका छन् । पुलको प्रतिमिटर लागत अनुमान रु ७३ हजार २५५ रहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...