'पहाडको चुचुरोमा एक्लै काटेको त्यो रात'


-स्वर्णिम शाही ।

बुढाएको बाघ झै कुँडिएको दाँतले र खियाएको नंग्राले चिथोर्दै लोभी ऑखा गाडेर आफ्नो राज चलाई रहेको ब्याबस्थालाई मिल्काएर सान्त समृद्ध राष्ट निर्माणका लागी थालिएको अभियान थियो। ध्वंस नभई निर्माण हुँदैन पुरानो मक्किएको तानाशाही क्रुर ब्याबस्थाको ठाउमा सु सभ्य मानव समाजको आधुनिक यात्रा नयाँ जनवादी ब्याबस्था स्थापनार्थ थालिएको महान जनयुद्धको तिब्र बिकासको चरण थियो। 

गाउँका सामन्ती घुसखोरी जाली शोषकहरु आफ्नो लुटको स्वर्ग र ब्याबस्थालाई टिकाउन नसकेर बन्दुकको बलमा टिकेको पुरानो राज्यसत्ताका खुनि अण्डा वरीपरी आश्रित भईरहेका थिए बन्दुकको बलले दुष्टहरूले गाउँ गाउँमा मुक्ति अभियान्ता माथि तारिफ गर्दै सर्बसाधारण माथि ज्यादती दिनदहाडै गरिरहेका थिए । 

किलो सेरा टु अप्रेसन,जंगल सर्च अभियान जस्ता नाम दिएर गाउँ बस्तीमा आतंक मच्याउने, हत्या, लुटपाट,धरपकड,ज्यादती,बलात्कार,आगजनी र क्रुर नरसंहार मचाएर खैलाबैला गर्ने र ढल्नै लागेको खुनि ब्याबस्थालाई जबर्जस्त बचाउने र टिकाउने षड्यन्त्रमा थियो। 

यो जन बिरोधी राज्यको शोषण दमन अत्याचार नसहेर बिद्रोहको भाबले प्रतिशोधको जबाफि स्वरुप (२०५४) सालमा कालीकोट जिल्लाको माल्कोटी बहादुर हिम्मतवाली शाहासी मृत्यु जितेकी बीर नारीले आफ्ना निशस्त्र हातले सशस्त्र हतियारधारीका राइफलहरु आफ्नो कब्जामा लिए। ईतिहासको रंगिन पानामा कालीबहादुर बिक जस्ता महान सपुतको जन्म गराएर कृतिमानी सहित अजम्बरी नाम दर्ज गरे। 

त्यही समाजको रापमा सेकिएको मृत्युका दिनहरु कुरिरहेको कालीकोट जिल्ला कोटबाडा गाबिसमा पर्ने ई.प्र.का. र कृर्षि साना बिकास बैङ्क माथी धाबा बोल्ने योजनाको पुर्ब सन्ध्या थियो। जनमुक्ति सेनाका लाल योद्धाहरु प्राबिधीक,आर्थिक, भौतिक, सैन्य तयारीमा जुटिरहेको थियो। 

त्यही योजनालाई बिभिन्न क्षेत्रबाट सहयोग समर्थन र साथ भईरेको थियो। पार्टीका नेता कार्यकर्ता समर्थन सुभचिन्तक जनता सबै- सबै ठाउबाट तह र तप्काबाट सहयोग भईरहेको थियो। जस्को जे क्षमता छ त्यहि जिम्मेवारी बाँडफाँड गरिएको थियो। 

माल्कोट् गाबिसको उत्सबको जंगलमा पाल टाँगेर जनमुक्ति सेनाको पूर्ब तयारी भईरहेको थियो। हातहतियार द्धारा सु-सन्जित पुरानो सत्ताका कारिन्दा तथा आदेश पालक माथि बिजय हासिल गर्नु कुनै ख्याल ठट्टाको बिषय थिएन। 

लडाई हार्दा आम क्रान्तिकारी जगमा नै प्राजयको निरासामुखि बादल मडारिन्ध्यो भने युध्द जित्दा बिजयको अर्को इट्टा थपिन्थ्यो। सत्ताको एउटा जग भत्किन्थ्यो। यस कुरालाई नेतृत्वहरुले सूक्ष्म अध्ययन गरेर सबै तयारीका लागी कडा निर्देशन गरिएको थियो। 

( २०५७) मंसिर ७ का दिन अन्तिम हमला गरि बिजयको झण्डा फहराउने घनिभुत तयारी भईरहेको थियो। यहिबेला म साल खाल चौध बर्ष पुरा गरेर पन्ध्रमा मात्र उल्किएको थिएँ। उमेर बालापन थियो तर जोस यूबा भन्दा कम आउथेन। बन्दुक उचालेर हत्यारा र खुनि चौकी माथी बर्षिने बदला भाब जाग्थ्यो। 

जुन कामको जिम्मेवारी दिन्थ्यो त्यो काम सम्पन्न नगरि मेरो मनले शान्ति पाउदैन थियो। सकेजति काम सम्पन्न गरी म त्यो मोर्चाको एसाल्ट घेरा भित्र छिर्न चाहान्थ्ये। बदला भाबले आक्रोश र तिब्र घृणा पैदा हुन्थ्यो। कोमल हातले गरुङ्गो बन्दुक उचाल्न नसकेनी मनले सजिलै उठाउछु र दमनकारी जल्लादहरु माथि बज्रपात हुनसक्छु जस्तो लाग्थ्यो। 

मेरो जोस, शाहस, उर्जा जति भएपनि चाहनानुसारको जिम्मेवारी दिनु पार्टीका लागी उपलब्धि भन्दा क्षति बढी हुने निश्चित थियो त्यसैले मेरो मागअनुसार पार्टीले जिम्मेवारी दिएन मेरो उमेरले र क्षमताले सक्ने काम गराउथ्यो । तर यस्तो परिस्थिति आइलाग्यो त्यो बेला जनमुक्ति सेनासॅग आधुनिक हतियार भित्रीसकेको थिएन। त्यही भरुवा बन्दुकको बलमा चौकी कब्जा गर्ने तयारी भईरहेको थियो। 

बन्दुकको अलाबा बार्हबर,माईन,ग्रेनेट र सकेट बमहरु आफ्नै प्रबिधि द्वारा तयार गरिएका थिए। युद्ध लड्न जानु छ त्यसैले प्राबिधिक तयारी पनि मजबुत गर्न अत्याबश्यक थियो। युद्ध लड्दा लड्दै आधा एक घण्टामा सफल् हुनपनि सक्छ या रातभरी लडेर जित्न पनि वा हारिन पनि सक्छ। यसकुरालाई ध्यानमा राखेर प्राबिधिक तयारी गर्नु सचेतना ठहरिन्थ्यो। पुरै रात भरी लड्न सक्ने प्राबिधिक तयारी गर्नु पर्ने हुन्थ्यो। 

कालीकोटको बिभिन्न गाबिसमा प्राबिधिक तयारीको लागि जिम्मा दिईएको थियो। बिशेषतः सकेटहरु, सरियाका गोलीहरु, बारुद, केप र बत्ती आदी तयारी गरिरहेको थियो। तत्कालीन समयमा नानीकोट गाविस 14 नम्बर सेलमा पर्दथ्यो ।

त्यो चौध नम्बर सेलमा बन्दुकका लागी सरिया काटेर तयारी पारिएका गोली ल्याउन माल्कोटको उत्सबबाट म एक्लै जानु पर्ने परिस्थिति आईलाग्यो। माल्कोटको उत्सबबाट सिर्प एक्लै गोली ल्याउने उद्येश्यले नानीकोटको यात्रामा हानिए। उत्सबबाट दिउसो चार बजेपछी मात्र त्यहाबाट हिडेको थिएँ । 

माल्कोट देखि नानीकोट सम्मको पैदलयात्रा यूबा मान्छेकै लागि पनि पुरापूर एकदिन लाग्छ। त्यसमा पनि दुईतर्फ पूरानो सत्ताका भरौटेहरुको घेरा थियो त्यही घेरालाई छलेर बिचको बाटो ऑखा छली लुकामारी गर्दै जानु पर्ने । मेरो सानै उमेर चाहेर पनि एकदिन मै माल्कोटबाट घुमाउरो बाटो हिडी नानीकोट पुग्ने स्थिति थिएन। 

उत्सवको जंगलबाट माल्कोट र रुप्साको बीचमा पर्ने रहगाड सम्म आउननै साढे एक घण्टा लागी सकेको थियो। बेलुकाको साढेपाॅच भईसकेको थियो। त्यो रहगाढबाट कडा उकालो चढ्नु पर्थ्यो। रुप्साको पहाड क्रस गरेर फेरी पल्लो पट्टी ओरालो झरी मेहलमुडी पुगिन्थ्यो। रुप्सा र कुमालगाउँको बीचमा पर्ने अदेला भएर उकालो चढेँ। 

उमेरले भरखर पन्ध्र बर्षमा लागेको शरिरमा एकजोर फाटेको लुगा बाहिरी जिउ ढाक्ने ज्याकेट छैन, च्यातिएको ट्याक्सुट खुट्टामा हरियो जुत्ता त्यो पनि च्यात्तिएको,मोजा छैन खाली खुट्टामा जुत्ता लगाएको,टाउकोमा टोपी छैन। समय मंसिर महिनाको चिसो यामले छपक्कै च्यापि सकेको छ। 

त्यो पनि हिमाली जिल्लाहरुमा चिसो कत्ति कडा अझ हिउजमिरहेने पहाडको यात्रा जब-जब उकालो चढ्दै जान्छु चिसोले अंगालो मार्न थाल्छ। उकालो बाटो त्यो पनि जंगलको बाटो ..... न प्रष्ट देखिन्छ त्यहि धर्सो जस्तो बाटो पछ्याएर हिँड्नु पर्ने त्यहि धर्सो पनि हरेक बेला मेटिएर रनभुल्लमा हुन्थ्ये। 

कताबाट जाउँ कताबाट निस्कियौ जस्तो भइरहन्थ्यो त्यसमा पनि त्यो बाटोको धेरै जानकार छैन एक पटक मात्र टोली मै नानीकोटबाट यता माल्कोट आउदा मात्र आएको त्यो पनि राति दिमागमा बाटोको याद नै भएन। समय घर्किरहेको छ बाटो झन् अलपत्र हुँदैछ उज्यालोले साथ छोड्दैछ। बाटोले त साथ छोड्न र कति बेला मिल्ने गरिरहेकै छ। भोक ,प्यास,थकान,चिसो सबै दुखहरुले एकैसाथ थिच्दैछन। 

अनकन्टार घनघोर जंगल बनका बाघ भालु तथा बिभिन्न खतरनाक बन्यजन्तुको आक्रमणको उत्तिकै खतरा छ। जति-जति उकालो चड्छु पहाडको टुप्पो उत्ति-उत्ति माथी उठे जस्तो लाग्ने म हिडी रहेको छु उ पनि थपिँदै छ पहाड बढिरहेको छ जस्तो लाग्ने यद्यपि किर्तिम हिमाल के नै बड्थ्योर। त्यो त थकान,भोक,प्यास,चिसोले गर्दा भएको थियो। 

पहाडको बिच बिचमा के पुगेथ्ये घनघोर जंगलको बिचमा म हिडी रहेको बाटोको उकालोमा एउटा रुखको ऑटमा भालु छापा बसेजस्तै गरि बसेको रहिछ। म डरले गीत गुनगुनाउदै हिडी रहेको थिएँ तर स्वास बढीरहेको थियो के गाउँनु। स्या स्या फ्या फ्या गर्दै हिड्दै थिएँ एक्कासि जड्यास भयो म त के के पो भो भनेर आत्तिएॅ। मुटूको धड्कन बढ्यो हात खुट्टाहरु एकसाथ जाम भए। 

भालु म माथि नै झम्टिन खोज्दैछ आज मेरो अन्तिम दिन रहेछ भालुको आहारा हुने भए भन्ने लागेको थियो तर उ आफै म बाट भागेर साईट हुन खोजेको रहेछ। जड्यास उठ्यो लमक लमक गर्दै बसेको स्थान परिवर्तन गर्यो। एकोहोरो हेरेको हेरै गरी टोलाई रहे न उ भालु म तिर झम्टिन आयो न मैले उसलाई हप्काउन र लखेट्न सके। 

सायद उ पनि डराएर नै भाग्यो होला। पछी सम्म उसको डरले च्यापिरह्यो अघि बढ्दै गर्दा पछाडी बाट झम्टिन्छ की भन्ने लागि रह्यो। उज्यालो रोषनीका किरणहरु बिलाउदैछन अँध्यारो गुधौली साँझ र कठ्याँग्रिँदो चिसोले एकै साथ अंकमाल गर्दैछ। पहाडको टुप्पो न पुग्दै साॅझ परिसक्यो फेरी पहाडको पल्तिरको बाटो पनि सजिलै चिनेको छैन कन्फ्युज भईरहेको छ। 

यस्तो फसाद आईलाग्यो। बल्ला-बल्ला पहाडको टापुमा त पुगे तर झ्याप्पै अध्यारो नै भईसक्यो गोरेटो देखिने र चिनिने अबस्था नै छैन बाटो नचिनेरै पहाडबाट तल झरौं भने यदि खतरा भिर लाग्यो भने त्यहाबाट कता जाने न हातमा टर्च छ के गरौं गरौं भयो। मेरो हातमा झिल्के घडी थियो जम्मा सत्तरी रुपैया पर्ने त्यसले टाईम कति भयो त्यो त पत्तो दिईरहेको थियो। 

मैले टाईम अध्यारो र बाटोको मथलब नगरी पहाडबाट तल झरे भने म सके बाँच्ने नै छैन बाचेपनी भिरबाट लडेर घाईते हुनेछु भन्ने लाग्यो मैले निष्कर्ष निकाले आज राती जसरी बित्छ बित्छ यही पहाडको टुप्पोमा र जंगलको बीचमा रात काट्नु पर्छ भोली उज्यालो भएपछि मात्र हिड्नु पर्छ भन्नै निष्कर्ष निकालेर त्यही पहाडको टापुमा रात काट्ने अठोट गरे। एकतर्फ थोरै अगाडी मात्र बनको भालु प्रत्यक्ष यिनै ऑखाले देखेर आएको छु। 

बिभिन्न बन्यजन्तु चराचुरुङ्गी डरलाग्ने तरिकाले कराई रहेका छन मंसिर महिनाको कठ्याङग्रीदो चिसो त्यो पनि पहाडको टुप्पोको सिरेटो जंगलको घेरा तुसारोले छपक्कै ढाकेर हिउ भन्दा कडा जमेर सिताम्मै भएर जमेर बसेको छ त्यो पहाडमा न कुनै मानब बस्ति छ न कुनै गाई बस्तु भेंडा बाख्राको लागी गोठान छ खाली खुल्ला आकाशले ओढेर खुल्लै धर्तिको बिछ्यान बनाएर जे सुकै भए पनि दिनभरीको थकाई,भोक,प्यासलाई बिसाउने निधो गरे। 

दिनमा एक पटक खाजा नखादा त कति भोक लाग्छ त्यो पनि बिहानै आठ बजे मकैको ढिडो खाएको कता हरायो हरायो भोकले एक पाईलापनि चाल्न सकिएला जस्तो थिएन त्यहि पनि ओरालो बाटो भएकोले बिस्तारै झर्छु सोचेको थिए तर एक ईन्चि पनि नदेखिने सम्मको अँध्यारो भएपछी पहाडको चुचुरो र जंगलको बिचमा एक्लै रात काट्न बिबश भए। भोक कै कारण छिटो-छिटो हिँड्न नसकेर गन्तव्यमा नपुगी यही टुप्पोमा बास भयो। 

खाना खान मन छ खानेकुरा केही छैन,पानीपिने चाहना छ पानी छैन,आगोसक्ने मन छ खल्तीमा सलाई छैन,बोलौं बोलौं जस्तो लाग्छ दोश्रो मान्छे छैन,कपडा ओडौ ओडौ जस्तो लाग्छ ओढ्ने कपडा छैन सबै साथहरुले लातमारे पछी पिडायुक्तको रात कति कहालि लाग्दो खप्नै नसकिने तर बिबशताले थिचेपछी भोग्नै पर्दो रहेछ। 

जिउमा एकसरो लुगा तिनै कपडापनि सितले एकघण्टा नकाट्दै भिजीसके चिसोले हाई काट्दा काट्दै थाकिसकें घनघोर जंगलको बिचमा अनेक बन्यजन्तु र चराचुरुङ्गीको आवाजले सातै काट्ने। यस्ता आवाजहरू जन्मेदेखि अहिल्य सम्म सुनेको छैन यतै यीनै कानले सुनिरहेका छन। 

कुन बेला कसको आहार हुने हुॅ निश्चित छैन। रात पनि कति लामो मिनेट-मिनेट टाईम मात्र हेर्न मन लाग्छ। निकै पट्यार लाग्दो,अनिदो,भोको पेट उफ यो रात कति निर्मम हो जस्तो लाग्थ्तो। 

आज यही राति कतिपयले निकै आनन्द र रोमान्समा बिताईरहेका होलान् तर मलाई कस्तो परिक्षा होला के पाप गरे होला जस्तो लाग्छ तर युद्ध भुमिमा छु बिजयको बिज रोपेर मुक्ति दिलाउने उदात्त आदर्शमा छु यस्ता कठिन घडिहरु हर हमेशा आइरहन्छन् सामना गर्नु पर्छ भन्ने आत्मबल बोकेर यो रातलाई संघर्षमा संकल्पेर बिताएँ । 

बिस्तारै बिहानी किरणहरु धर्तिमा ओर्लिए म पनि बिस्तारै उठ्ने प्रयास गरे तर यति गार्हो भयो उठ्नै सकेर हात खुट्टा र तिघ्राहरु त पुरै यातना दिएर पेलेको जस्तो भएछन चलाउन नै गार्हो भए। धेरै चोटी प्रयास गरेर जबर्जस्ती सकि नसकि हिंडे बिहानी राम्रै सॅंग खुलेको थिएन तर यात्रा सुरु गरे ओरालो जंगलको बाटो प्रष्ट देखिदैन त्यो पनि तुसारोले निकै चिप्लो जहाँ टेक्यो त्यहि लडिने। 

यात्रा भन्दा चिप्लिएर छिटो पुर्याउला जस्तो पाईलै पिच्छे चिप्लिदै लड्दै भिड्दै धौ-धौ रुप्साको लेख पहाडको चुचुरोबाट मेहेमुडी झरे। भोकले ऑखा नै देख्न छोडि सक्यो गाउँमा पुगेपछी पनि धेरै प्रयास पछी सुक्को रोटी नुन खुर्सानीको भरमा खाना पाए घाँटीमा त खडेरी ले निकै च्यापी सकेको रहिछ धौ-धौ दुई रोटी खाएर त्यहाँबाट नानीकोटको यात्रामा हानिए। 

नानीकोटमा पुगेर आधा घण्टा मात्र आराम गरेर भरुवा बन्दुकका गोलीहरु झोलामा प्याक गरेर पिठ्यौमा बोकी रेडको तयारी स्थलतिर नै फर्किए।आत्य जात्य तिनको यात्रा पछी माल्कोटको उत्सबमा पगे। पुगेकै राती अन्तिम हमलाको तयारी थियो। 

मैले ल्याएको गोलीहरु जनमुक्ति सेनाको कमाण्डर लाई बुझाएॅ उहाॅले यति सानो मान्छे किन हिँडेको डर लाग्दैन भनेर भन्नु भो मैले शाहसका साथ म पनि लड्न सक्छु भन्ने जवाफ फर्काएँ उहाॅले फिसिक्क मुस्कान फर्काउनु भयो। 

त्यो राती एक्सनमा जाने अन्तिम तयारी भयो। उत्सबबाट हिँडेर कोटबाडा पुग्न पनि फेरी दुई तिन घण्टै लाग्थ्यो। छ बजे खाना खाएर जनमुक्ति सेना, नेता, कार्यकर्ता र समर्थक सबै फौज कोटबाडातिर लाग्यौॅ। कोडबाडाको ईलाका प्रहरी चौकीलाई पुरै ओ आकारमा घेरियो। हाम्रो तिन वटा घेरा थियो। पहिलो एसाल्ट घेरा,दोस्रो घेरा र एचपी ग्रुप थियो म त्यहि एचपी ग्रुपमा थिएँ । 

ठिक एघार बजे पहिलो पाईरिङ भो चारै तर्फबाट ड्याङ-ड्याङ भटट भयो मलाई एकछिन डर लाग्यो तर बिस्तारै डर कता हरायो हरायो। जनमुक्ति सेना फाईरिङ गर्दै सिधै चौकी भित्रै छिर्यो प्रहरीले एक घण्टामै आत्मसमर्पण गर्यो। चौकी कब्जापछी सम्पूर्ण टिमले बिजयका गगनबेदी नारा लगायो। साना कृर्षि बिकास बैङ्क पनि कब्जा भो। 

केही प्रहरीलाई बन्दी बनाएर हात हतियार गोली गठ्ठा बिभिन्न प्राबिधिक सामान कब्जा गरी टिम रिटिट भयो। एकान्त जंगलको उच्च पहाडमा काटेको त्यो कष्टदायी रात यो बिजयले त्यो कष्टलाई गर्बको रुपमा अनुभूति गरायो। 

जटिलता बिनाको सरलता, दुख बिनाको सुख, हार बिनाको जित,अँध्यारो बिनाको उज्यालो सम्भव पनि त छैन। पहाडको चुचुरोमा एक्लै काटेको रातले बिजयको सन्देश बोकेर ल्यायो। कठ्याँग्रिँदो चिसोले उत्साहको राप र ताप दिलायो। न बिर्सिने जनयुद्धका अमिट दिन र रातहरुलाई कोटी-कोटी सलाम गर्छु।

प्रतिकृया दिनुहोस्

Loading...