ऐलिजाबेथ आफ्नै बाबुबाट तीन हजारभन्दा बढिपटक बलात्कृत भएको खुलासा


एजेन्सी ।

केहि समयअघि बेलायतको च्यानल ‘फाइभ’ ले बलात्कारको शिकार भएकी एलिजाबेथ फ्रिट्जलमाथि एक डकुमेन्ट्री बनाएको छ ।

यो डकुमेन्ट्रीमा अष्ट्रियाकी एलिजाबेथसँग कुराकानी गर्ने पुलिस अधिकारी मिस्टर र्याटनरले उनीबारे थुप्रै कुराको जानकारी दिएका छन् । फ्रिजट्ल केसको खुलासा सन् २००८ को अप्रिलमा भएको थियो ।

केसका अनुसार जोसफ फ्रिट्जलले २४ वर्षसम्म आफ्नै छोरी एलिजाबेथसँग तीन हजारभन्दा बढिपटक बलात्कार गरेका थिए । यो क्रममा उनले सात सन्तानलाई जन्म दिइन् जसमा एकको जन्मको तीनदिन पछि नै भएको थियो ।

पुलिसले डकुमेन्ट्रीमार्फत बताए एलिजाबेथको अवस्थाः

पुलिस चिफ मिस्टर र्याटनरले एलिजाबेथलाई उद्धृत गर्दै भने, ‘यदि मैले आफ्नै बुवाले बलात्कार गरेको हो भन्ने जानकारी दिएँ भने कसैले पनि मलाई विश्वास गर्दैनन् भन्ने मेरो सोच थियो । ’

पुलिसले डकुमेन्ट्रीका लागि दिएको जानकारी अनुसार घटना सार्वजनिक भएपछि एलिजाबेथले पुलिसलाई दुईघण्टासम्म बयान दिइन् जब उनले उनका पिताले ११ वर्षको उमेरदेखि नै उनलाई जिस्काउन सुरु गरिसकेको जानकारी दिइन् ।

एलिजाबेथको भनाई उद्धृत गर्दै पुलिस अधिकारी भन्छन्, ‘१८ वर्षको भएपछि एक दिन मलाई मेरो बुवाले घरको बेसमेन्टमा लिएर गए जहाँ मलाई बेहोस बनाइदिए । त्यसको २४ वर्ष त्यही गोप्य स्थानमा समय बिताउनु पर्यो जहाँ बुवाले मलाई हज्जारौं पटक बलात्कार गरे । मैले त्यही ठाउँमा सात सन्तानलाई जन्म दिएँ जसमा चारजना मलाई छोडियो । तीमध्ये एकको मृत्यु  भयो। अन्य तीनजना बच्चालाई बुवाले आमासँग मिलेर पाले । मेरी आमालाई म घरको बेसमेन्टमा छु भनेर थाहा थिएन । वास्तवमा बुवाले म कुनै धार्मिक समुदायसँग भागेको बताएका थिए ।’

जन्मकैदको सजायँ काटिरहेका छन् जोसफः

घटना सार्वजनिक भएपछि पुलिसले जोसफलाई पक्राउ गर्यो । अष्ट्रेलियामा चलेको ट्रायल्सपछि सन् २००९ मा जोसफलाई जन्मकैदको सजायँ सुनाइयो । डकुमेन्ट्रीमा मिस्टर र्याटनरले दिएको जानकारी अनुसार अहिले ८२ वर्ष भइसकेका जोसफलाई आफू एकदिन जेलबाहिर हुने कुरामा विश्वास छ । यस्तै, अहिले ५१ वर्ष भएसकेकी एलिजाबेथ अष्ट्रियामा आफ्ना ६ सन्तानसँग बसिरहेकी छिन् । उनी कहिले पनि आफ्ना बुवाको अनुहार हेर्न चाहन्नन् ।

घरको तल बनेको थियो गोप्य कोठाः

जोसफले आफ्नो घरको तलपट्टी गोप्य कोठा बनाएका थिए जसभित्र गोप्य ढोकाबाट मात्र छिर्न सकिन्थ्यो । जोसफले कसैलाई पनि त्यहाँ आउन दिएका थिएनन् । आफू त्यहाँ काम गर्न जाने र कसैले पनि उनलाई डिस्टर्ब नगरोस् भनी उनले त्यहाँ कसैलाई पनि प्रवेशको आज्ञा दिएका थिएनन् ।

पुलिसको अगाडि यसरी खुल्यो राजः

जब जोसफले एलिजाबेथलाई कैद गरेका थिए तब उनले पुलिसलाई एक चिट्ठी देखाएका थिए जसमा लेखिएको थियो एलिजाबेथ घर छोडेर आफ्नो साथीसँग गएकी छिन् त्यसकारण उनलाई खोज्ने कोसिस नगरियोस् । सन् २००८ मा एलिजाबेथकी जेठी छोरीको स्वास्थ्य निकै खराब भएको थियो र उनलाई अस्पताल भर्ना गरिएको थियो । छोरीको बिग्रिएको स्थिती देखेर जोसफले अन्ततः एलिजाबेथलाई अस्पताल पठाउनका लागि राजी भए ।

उनले सबैलाई एलिजाबेथ फर्किएको बताए । यति नै बेला पुलिसलाई शंका लाग्यो र एलिजाबेथसँग सोधपुछ थालियो । छानबिनपश्चात् सबै घटना सार्वजनिक भयो । यो खबर थुप्रै दिनसम्म पत्रिकामा चर्चित बनेको थियो ।

बिभिन्न अनलाइनहरुको सहयोगमा

, , ,

प्रतिकृया दिनुहोस्

Loading...