प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउन गोप्य छलफल

  • काठमाडौं ।

माओवादीको सत्तागठबन्धनमा बनेको प्रचण्ड नेतृत्वको सरकारले गरेका हरेक जसो निर्णयलाई उल्लाई दिएको कारण प्रधानन्यायाधीश सुशील कार्की चर्चा छिन ।

यहि सन्दर्भमा सरकारका निर्णयहरुलाई एकपछि अर्को असफल पारेको भन्दै उनै प्रधानन्यायाधीश सुशील कार्कीलाई महाअभियोग लगाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल सुरु गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफल भएको माओवादी केन्द्रनिकट उच्च श्रोतले इमान्दार मिडियालाई जानकारी दिएको छ ।

सर्वोच्च अदालतले सरकार र कांग्रेसमाथि हस्तक्षेप गरेको सभापति देउवाले निस्कर्ष निकालेका छन् । कांग्रेस सभापति देउवाले महाअभियोग लगाउने आधार र प्रक्रियाका विषयमा बुधवार केही कानुन ब्यवसायीलाई निवासमा नै बोलाएर छलफल गरेका छन् । शीर्ष दलहरुको बैठक बस्नुअघि उनले महाअभियोग लगाउने विषयमा छलफल गरेको स्रोतले दावी गरेको छ ।

आईजिपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेश ‘प्रहरी ऐन र नियमावली विपरित आएको भन्दै कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भन्ने विषयले प्राथमिकता पाएको छ ।

आफु निकटका स्थापित नेताहरुसँग छलफल गरि देउवाले बरिष्ठ अधिवक्तालाई बोलाएर ड्राफ्ट तयार गर्न समेत आग्रह गरेका थिए । केही कानुन व्यवसायीले कार्की विदा हुने बेला त्यस्तो निर्णय लिदा कांग्रेसलाई नै बेफाइदा हुने भएकाले त्यस्तो कदम नचाल्न सुझाएका थिए ।

यस कारण प्रधानन्यायाधीश सुशील कार्कीलाई महाअभियोग लगाउन सकिन्छ

१. सरकारको काम कारवाहीमा हस्तक्षेप गरि नेपाल प्रहरीको महानिरीक्ष नियुत्तिमा सरकारलाई बाटो छेकेको । दावेदार प्रहरी महानिरिक्षकसँग सेटिङ्ग मिलाएको ।

२. सर्वोच्च अदालतकै वरिष्ठतम न्यायधीश गोपालप्रसाद पराजुलीको उमेरहदका कार्कीले आफ्नो तजविजिमा एकल निर्णय गरेको ।

३. मध्यरातमा पाँच सदस्यीय परिषदमा दुई सदस्यलाई सुचना नै नदिई आफ्नै निवासमा उच्च अदालतमा न्यायधीश नियुक्तीका विषयमा बसेको न्याय परिषदको बैठक स्थलमा पति दर्गा सेवेदीलाई समेत राखी निर्णय गरेको । कनिष्ठलाई न्यायाधीशमा बढुवा गरेको ।

यी सबै आरोपका आधारमा प्रधानन्यायाधीश कार्कीमाथी महाअभियोग लगाउन सकिने बताइएको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...