प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग दर्ता, अाजैबाट निलम्बन

  • काठमाडौँ, १७ बैशाख । 

अख्तियार दुरुपयोग अायोगका तत्कालिन प्रमुख अायुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लागेको सात महिना नवित्दै प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । यसअघि आजै इमान्दार मिडियाले प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउन गोप्य छलफल शिर्षकमा समाचार ब्रेक गरेको थियो ।

काँग्रेस-माओवादी केन्द्रका २५१ सांसदहरुले हस्ताक्षर गरेको प्रस्ताव अाइतबार संसद सचिवालयमा दर्ता गरिएको छ । महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेसक नेता मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए ।

प्रधानन्याधीश कार्कीमाथि कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि कानुनको पालना नगरेको आरोप लागेको छ ।

संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

अाजैबाट कार्की निलम्बनमा परेकी छन् । संविधान धारा १०१ को (६) उपधारा (२) बमोजिम कार्की महाभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेकी हुन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...