कमलरी मञ्चकी अध्यक्ष चौधरीद्वारा आत्महत्या



बर्दिया, ३१ चैत ।

मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । 

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए । 

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...