त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाको गुप्ताङ्गभित्र भेटियो चरेस


काठमाडौं, ३१ चैत । 

लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । अाजकाे राजधानी दैनिकले समाचार छापेको छ ।

पक्राउ पर्नेहरुमा कतार एयरलाइन्सको उडान मार्फत कतार हुँदै टर्की जान लागेकी टर्किस नागरिक राहदानी नम्बर यु१३९६३८०८ बाहक २४ वर्षीया सुसोए सिलेन र अर्का टर्किस नागरिक राहदानी नम्बर यु१३९६४८७० बाहक २९ वर्षीय इरगुने केमल रहेका छन् । 

चेकजाँचको क्रममा निज सिलेनले लगाएको ब्राभित्र सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस ४८.५ ग्राम र उनले लगाएको पेन्टीभित्र गुप्तांगको भागमा पातलो सेतो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस २५३.५ ग्राम गरी जम्मा ३ सय २ ग्राम चरेश बरामद भएको थियो ।

त्यसपछि प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा केमल समेतले सँगै खरिद गरेको भनी खुलाएकीले विमानस्थल प्रस्थान कक्षभित्रको अन्तिम गन्तव्य कक्षमा फेला पारी केमललाई समेत प्रहरीले पक्राउ गरेको हो ।

केमलले स्टेरलाईज्ड क्षेत्रभित्र रहेको फोहर फाल्ने डस्टबिनमा चरेश फालेको खुलाएपश्चात मंगलबार फोहर फाल्ने डस्टबिनबाट सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागू औषध चरेस १ सय ५९ ग्राम बरामद भएको छ ।

लागू औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसएसपी धिरु बस्न्यातले उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको बताए ।

एसएसपी बस्न्यातले विशेष सक्रियताका साथ निज विदेशी अभियुक्तहरुको विगतमा हुन सक्ने आपराधिक गतिबिधि बारेमा बुझ्न सम्बन्धित देश र अन्तर्राष्ट्रिय स्तरका लागु औषध अनुसन्धान सरोकार निकायहरु इन्टरपोलमा समेत आवश्यक समन्वय गरिएको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...