प्याब्सन र एनप्याब्सनको कार्यलयमा संयुक्त विद्यार्थीको तालाबन्दी

  • काठमाडौं । 

चर्को शुल्क वृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी संगठनले प्याब्सन र एनप्याब्सनको कार्यलयमा तालाबन्दी गरेको छ।

विद्यार्थीहरुबाट चर्काे 
शुल्क लिएको भन्दै त्यसको बिरोधमा उपत्ययका लगाएत देशव्यापीरुपमा प्याब्सन र एनप्याब्सनको कार्यलयमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नेता डि बि साउदले बताए

संयूक्त विद्यार्थीहरुले गत सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्ना माग पुरा नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको थिए ।

पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुुसार बुधबार देशैभरका निजि विद्यालयहरुमा तालाबन्दी गरिएको साउदले बताएका छन ।

संयूक्त विद्यार्थी संगठनले आफ्ना माग पुरा गर्न जस्तोसुकै संघर्ष पनि गर्नसक्ने र माग पुरा नभए आन्दोलनले अझ बृहतरुप लिन सक्ने चेतावनी दिदै आएका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...