अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने

  • एजेन्सी, १४ वैशाख ।

अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । 

परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो । 

उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । यो ब्रिफिङ पछि उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकाले अहिले दक्षिण कोरियामा मिसाइल सुरक्षा प्रणाली तैनाथ गरेको छ । यस्तै अमेरिकी लडाकु पानी जहाज पनि दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाले नयाँ परमाणु हतियार परीक्षणको तयारी गरिरहेको विशेषज्ञले बताएका छन् । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ । 

उत्तर कोरियाले आफू जस्तोसुकै प्रतिवादका लागि तयार रहेको बताएको छ भने अमेरिकाले चुनौतीको सामनाका लागि आफू पनि तयार रहेको बताउँदै आएको छ । उत्तर कोरियाको एक मात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...