हजुरबाको हत्या गरी ‘फेसबुकमा लाइभ’ गर्ने व्यक्तिले गरे आत्महत्या


  • काठमाडौं,६ बैशाख ।
अमेरिकाको क्लीभल्याण्ड शहरमा आफ्ना हजुरबुबाको हत्या गरेको दृष्य फेसबुकमा प्रत्यक्ष(लाइभ) देखाउने स्टिभ स्टिफन्सले आत्महत्या गरेका छन् ।

प्रहरीले पिछा गरिरहेको समयमा उनले आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । गत आइतवार ३७ वर्षिय स्टिफन्सले ७४ वर्षीय रोबर्ट गुडविनको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन ।

स्टीफन्सले अर्को एक भिडियोमा अरु १३ जनालाई पनि मार्ने चेतावनी दिएका थिए । गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको प्रत्यक्ष दृष्य देखाइएको थियो ।

मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य प्रत्यक्ष देखाइएको थियो । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...