बसका यात्रीमाथि ९० सेकेण्डमा १६ राउन्ड गोली प्रहार, ३ जनाको मृत्यु

 

  • काठमाडौं, ६ वैशाख ।
अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो सहरमा एकजना कालाजातिका व्यक्तिले एउटा बसमा आक्रमण गर्दा तीनजना मारिएका छन् । आक्रमणमा अर्का एकजना घाइते भएका छन् ।

कोरी अली मोहम्मद नामक बन्दुकधारीले ९० सेकेन्डमा यात्रीमाथि १६ राउन्ड गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गर्नुभन्दाअघि उनले अरबी भाषामा ईश्वरको नाम लिँदै चिच्याएको बताइएको छ ।

प्रहरीले यो घृणाको अपराध भएपनि आतंकवाद नभएको जनाएको छ । ३९ वर्षीय मोहम्मदले गत हप्ता पनि होटलका एकजना सुरक्षागार्डको हत्या प्रयास गरेका थिए ।

उनका बाबुले घटना श्वेत र अश्वेतबीच चलिरहेको संघर्षको हिंसा भएको बताएका छन् । अमेरिकामा बन्दुकसम्बन्धी हिंसाका कारण प्रत्येक वर्ष ३० हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...