कांग्रेस- माओवादी मिलेपछी कृषि बिकास बैंकमा नियमविपरित अध्यक्ष बनाउने तयारी !

  • काठमाडौँ ।

राजनीतिक आडमा बैंक तथा वित्तीय संस्था ऐनलाई नै धावा बोल्ने काम गर्ने तयारी सरकारी बैंक, 'कृषि बिकास बैंक' ले गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेको बाफिया अनुसार बैंकमा पाँचदेखि सात जना मात्र सञ्चालक रहन पाउने व्यवस्था भएपनि माओवादी र काँग्रेसबीचको सहमतिमा ९ जना सञ्चालक समिति सदस्य राखेर पुन: प्रमोद कुमार कार्कीलाई अध्यक्ष बनाउने तयारी कृषि बिकास बैंकमा भएको खबर प्राप्त भएको छ ।

स्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादुर महराको समेत सहमतिमा उनलाई अध्यक्ष बनाउन लागिएको हो । २०७० सालमा तत्कालीन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्रा.डा. गजानन्द अग्रवाललाई हटाएर उनलाई कृषि विकास बैंकको अध्यक्षमा नियुक्ति दिएका थिए । 

स्रोतका अनुसार गत वैशाख ३१ गते चार वर्षे कार्यकाल पूरा गरेर अवकाशप्राप्त गरेका उनलाई आर्थिक प्रलोभनमा परेर अध्यक्ष बनाइ आगामी ४ बर्षसम्म कृषि बिकास बैंकमा पुन : राज गर्ने खेल भइरहेको छ । उनी कानून पृष्ठभूमिका हुन् ।

२०७४ जेठ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...