आइएसले भन्यो - म्यानचेष्टका २२ जनाको ज्यान हामीले लिएका हौं

  • जेठ । 
बेलायतको म्यानचेष्टर शहरमा २२ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न भनिएका युवक आफ्ना समर्थक भएको इस्लामिक स्टेट (आइएस)ले दाबी गरेको छ । 

म्यान्चेष्टरमै जन्मिएका सलमान अबेदीले विस्फोट गराएका प्रहरीले जनाएको थियो । प्रहरीले २२ वर्षका अबेदीका बाबुआमा लिबियाबाट आएको हुन सक्ने जनाएको छ ।

प्रहरीले हमलाकारीले आफ्नै शरीरमा विष्फोट गराएको हुनसक्ने पनि जनाएको छ । विष्फोटक पदार्थ घरमै बनाइएको बम हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा अर्का एक जनालाई पक्रेको छ । मंगलबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो । ५० भन्दा धेरै मानिस घाइते भएका थिए । बेलायतमा अहिले प्रहरीसँगै आन्तरिक सुरक्षा व्यवस्थाका लागि सैनिकहरुको पनि प्रयोग गरिएको छ ।

२०७४ जेठ १० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...