यो साता सेयर बजार : ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री

  • काठमाडौँ। 

धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ ।

यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ ।

गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३४ अङ्कले बढेर अन्तिम दिन १६२९.५८ अङ्क पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१३ अङ्कले बढेर ३४५.९९ अङ्कमा आइपुगेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...