माछापुच्छ्रेको १२% हकप्रदमा भयो मूल्य समायोजन

  • काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले माछापुच्छ्रे बैंकको १२% हकप्रदमा मूल्य समायोजन गरेर ३८० रुपैयाँ भाउ तोकेको छ । यस आधारमा हकप्रद समायोजनपछि मंगलबार माछाको सेयर कारोबार प्रतिकित्ता ३८० रुपैयाँमा खुलेको छ । 

माछाको औसत आधार मूल्य भने ४३३ रुपैयाँ छ । बैंकले १०ः१.२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न मंगलबार बुक क्लोज गरेको हो ।


यो हकप्रदमा एनएमबि क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा छ ।

२०७४ जेठ १६ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...